Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली २४ सदस्यीय

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली २४ सदस्यीय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जना हुने छन्। स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन्। यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन्। यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उ...
नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै चौधरी समूह र अदानी समूहको सिमेन्ट व्यवसायमा साझेदारी

नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै चौधरी समूह र अदानी समूहको सिमेन्ट व्यवसायमा साझेदारी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपाल-भारत सम्बन्धलाई सुमधुर बनाउने किसिमको एक महत्वपूर्ण कदमको व्यवसायिक सुरूवात भएको छ । नेपालको प्रसिद्ध व्यवसायिक समुह, सिजि ग्रुप र भारतको धनाड्य मानीने अदानी ग्रुपको सिमेन्ट व्यवसायले एक समझदारी ज्ञापनपत्र (एमओयू) मार्फत रणनीतिक साझेदारीलाई औपचारिक रूप दिएका छन्। यस ऐतिहासिक गठबन्धनले आर्थिक सहयोगलाई गहिरो बनाउने मात्र होइन, यस क्षेत्रमा पर्याप्त सम्पत्ति विकास र पूर्वाधार विकासको लागि मार्ग प्रशस्त गर्ने भएको छ । सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक वरुण चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुप नेपालको व्यवसायिक परिदृश्यमा अब्बल रूपमा उभिएको छ। यो समूह, 150 वर्ष भन्दा लामो विरासत संग, पाँच महाद्वीपहरूको 24 देशहरुमा एक महत्वपूर्ण उपस्थिति राखेको छ । भारतीय अदानी समूह, सिमेन्ट व्यवसाय सहित अदानी समूहका अध्यक्ष गौतम अडानीको नेतृत्वमा, ...
डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु

डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २२ भाद्र – डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो ।यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायणप्रसाद सापकोटाले बताउनुभयो । लेखापाल सापकोटका अनुसार गाउँपालिका अन्तर्गत सिफारिस, दस्तुर र सबै राजश्व संकलनको कार्य अब अनलाइनमार्फत गरिनेछ । यो सेवा शुरु भएपछि आर्थिक कारोबार सरकारी अन्तर्गत सम्वन्धित सबै निकायले प्रत्यक्ष रुपमा हेर्न सक्ने छन । बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये यो सेवा शुरु गरेको डुडुवा दोस्रो रहेको छ । पहिलो खजुरा र दोस्रोमा डुडुवाले यो सेवा संचालनमाल्याएको हो । अरु स्थानीयतहले निजी सफ्टवे्यरमार्फत रसिद काटदै आएका छन । यो प्रर्णाली लागु भएपछि अब राजश्वको रकम दुरुपयोग, रकम जम्मा गर्न ढिलाई, दाहोरो विलिङ्ग...
“राज्यले हामीलाई अन्याय गरेको छ”- पुर्ब मुक्तकमैया

“राज्यले हामीलाई अन्याय गरेको छ”- पुर्ब मुक्तकमैया

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र - देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २३ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो ।सरकारले मुक्त घोषणा गरेको २३ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन । मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएता पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको पुर्व कमलरी तथा मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष सुमिता थारु बताउनुहुन्छ ।दासताको जिवनबाट मुक्त भएको २३ औं बर्ष बितिसक्दा पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसक्नु प्रमुख कारण राज्य पनि रहेको उहाँले ठह¥याउनुभयो । राज्यले कमैया मुक्त घोषणा त ग¥यो तर संरक्षण भने गर्न नसकेको उहाँको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको ति कहाली लाग्दो बिगतलाई स्मरण गराँदै पुर्व कमैयाहरुको माग घोष...
चिनियाँ र रुसी ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्र

चिनियाँ र रुसी ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्र

अपराध, आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – रुसी र चिनियाँ ह्याकरहरुद्वारा विदेशी कार्यालयहरुमा साइबर आक्रमण तीव्रमस्को । रुस र चीनका ह्याकरहरूले विभिन्‍न मुलुकका विदेशी कार्यालयको इमेल र आन्तरिक सन्देशहरू जनताको जानकारी बिना नै घुसपैठ गरेको खुलासा भएको छ। प्रमुख सुरक्षा उल्लंघनको अर्थ साइबर आक्रमणकारीहरूले २०२१ मा सरकारी विभागको दैनिक कारोबारमाथि निगरानी गरिरहेको खुलेको हो। साइबर आक्रमणहरूको निशानामा विदेश कार्यालयका कर्मचारीहरु र कार्यालयका आन्तरिक इमेलहरु रहेको जनाइएको छ। यस किसिमको उल्लंघनले उनीहरूलाई गोप्य जानकारीमा पहुँच प्रदान गर्ने र यसबारे सम्बन्धित सरकारलाई जानकारी गराउने गरेको पाइएको छ। एक स्रोतले भन्यो, 'सरकारी विभागहरूको मुद्दा भनेको उनीहरू सांस्कृतिक रूपमा सुरक्षा र विशेष गरी साइबर सुरक्षाप्रति उदासीन छन्। यो धेरै लाजमर्दो थियो र सरकारमा ठूलो हलचल भयो। निर्वाचन आयोगले एक वर्षभन्दा बढी ...
भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती

भारतद्वारा कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आएको ‘अतिरिक्त कर’ कटौती

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १७ भाद्र – नयाँ दिल्ली- भारतले कच्चा पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । सेप्टेम्बर २ देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो । कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ । वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार शनिबारदेखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्नेछ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासितरुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो । यससँगै भारतसमेत ऊर्जा कम्पनीलाई ...
रुसी सेनामा २ लाख ८० हजार भर्ती

रुसी सेनामा २ लाख ८० हजार भर्ती

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – मस्को- रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए । रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् । खबरहब...
द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै छन् । भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए । सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए। नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको समेत अवलोकन गरेका उनले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे। ...
महंगाे ऋणमा बनेकाे बिमानस्थलले पहिलो कनेक्टिङ फ्लाइटमै यात्रु पाएन

महंगाे ऋणमा बनेकाे बिमानस्थलले पहिलो कनेक्टिङ फ्लाइटमै यात्रु पाएन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
भैरहवा, १७ भाद्र –राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सुरु गरेको पहिलो कनेक्टिङ फ्लाइटमै यात्रु पाउन सकेन । निगमले मंगलबारदेखि भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु गरेको छ । काठमाडौं ट्रान्जिट भएर दिल्ली र हङकङ जानका लागि भैरहवाबाट एउटै यात्रु नचढेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बताए । ‘कनेक्टिङ फ्लाइटबारे यात्रुले थाहा नपाएर पनि होला, भैरहवाबाट निगमको जहाज चढ्ने यात्रु एउटै थिएनन्,’ उनले भने, ‘निगमले कनेक्टिङ फ्लाइट सुरु गर्नुअघि पर्याप्त तयारी नगरेको हो कि भन्ने देखियो ।’ निगमले भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाई हङकङ र दिल्ली उडान गर्ने भन्दै टिकट बुकिङ खुला गरेको थियो । तर, निगमको पहिलो ट्रान्जिट उडान नै निराशाजनक बनेको छ । बज्राचार्यले भने, ‘निगमले कनेक्टिङ फ्लाइट सुरु गर्दै छ भन्ने यात्रुले थाहै नपाएको पनि ...
सुन प्रकरण : सिआइबीको टोलीलाई भारत

सुन प्रकरण : सिआइबीको टोलीलाई भारत

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई आज भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो । अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ । हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले ...