Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चिनियाँ ऋणले बनेकाे पोखरा एयरपोर्टबाट विदेश कहिले उड्ला विमान ?

चिनियाँ ऋणले बनेकाे पोखरा एयरपोर्टबाट विदेश कहिले उड्ला विमान ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौं, ६ माघ – जग्गा अधिग्रहण गरेको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ देखि सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को शुभारम्भसँगै विमानस्थल सञ्चालन हुँदा स्थानीय र पर्यटन व्यवसायी हर्षित बने। तर, सञ्चालन भएको यतिका समयमा पनि अन्तर्राष्ट्रिय उडान भने भएको छैन। आन्तरिक उडानमा विमानस्थल सीमित छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारी भने चाँडै विमानले विदेश पनि उडान भर्ने बताउँछन्। ‘दुई महिना भत्र अन्तर्राष्ट्रिय उडान हुन्छ,’ क्यानका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘यसका लागि नेपालकै वायु सेवाहरू बुद्ध एयर, नेपाल एयरलाइन्स, हिमालयनले अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी र पहल गरिरहेकाले अनुमति पाएलगत्तै उडान हुन्छ।’ अन्तर्राष्ट्रिय उडानका लागि जुन देशमा जुन कम्पनीको वायु सेवाले उडान भर्ने हो, त्यो कम्पनीले अनुमति माग्ने र उडान भर्ने हो। क्यानले भने विमान...
महोत्सव सफल बनाउन प्रचार–प्रसारमा तिब्रता

महोत्सव सफल बनाउन प्रचार–प्रसारमा तिब्रता

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – यति बेला नेपालगन्ज शहरको बाटो, सडक, गल्लीहरुमा प्रचारगाडी गुडिरहेका देखिन्छ । प्रचारगाडी, अटो रिक्सा, ईबेटरी रिक्साहरुमा महोत्सवको व्यानर र जिङ्गल मार्फत व्यापक प्रचार भईरहेको देखिन्छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रमुख आयोजना र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको सह आयोजनामा नेपालगन्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव लगाईदैछ । माघ १० गते देखि संचालन हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी समेत तीब्र रुपमा व्यापकता पाएको छ ।विगतमा कोभिड संक्रमणका कारण ३ वर्षपछि नेपालगन्जमा लाग्न लागेको महोत्सवले निकै चर्चा पाएको छ । प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईएको छ...
महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ माघ - बाँकेको नेपालगन्जमा हुन लागेको प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी बिषयमा प्रमुख आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले यस्तो जनाएको हो । मिडियासँगको अन्तरवार्तामा महासंघका महासचिव जिआर भुसालले भने, ‘हामीले गुणस्तरको महोत्सव हुनुपर्छ भन्ने हिसाबले प्रचारप्रसारलाई तिब्रता दिएका छौं ।’ उनले थप भने, ‘हामीले थप व्यवस्थित गर्ने किसिमको महोत्सव गराउन सक्छौं भन्ने हिसाबले गम्भिर रुपमा लिएर व्यापकता दिईरहेका छौं ।’ ‘महोत्सलाई व्यापक रुप दिएर एउटा व्यापारिक थलो,...
माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ - बाँकेको नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ । महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए । मिडियालाई जानकारी दिदैँ महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामी संग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानिय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’ स्थानिय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगीक र व्यापारिक स्टलहरु केही मात्र ब...
प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी तीब्र रुपमा अगाडी बढेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि बढेको प्रचारप्रसार समितिले जनाएको छ ।प्रचारप्रसार समिति अनुसार महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको छ । स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको हो । महोत्सव परिसर टिनले बार्ने कार्य भइसकेको छ भने आज देखि मुख्य आकर्षण स्टेज समेत निर्मा...
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको कमजोरी लुकाउन शोकमै हतार हतार मन्त्रिपरिषद् विस्तार, चिनियाँहरुको यस्तो खेल

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको कमजोरी लुकाउन शोकमै हतार हतार मन्त्रिपरिषद् विस्तार, चिनियाँहरुको यस्तो खेल

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ माघ – पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाको कारण रहेको देखिएको छ । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएकाले प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय मान्यता पाउनेमा नै शंका उब्जिएको छ । अन्तर्राष्ट्रिय मान्यता नपाएपछि आन्तरिक उडानमै सीमित गरिएको छ । पुरानै विमानस्थलबाट आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय भनेर हतार हतार सञ्चालनमा ल्याइएको विमानस्थलमा आन्तरिक उडान सिफ्ट गरिएको छ । विमानस्थलको सुरक्षाप्रति पनि प्रश्न कायमै छ ।  यही बेला आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटनामा मानवीय क्षति पनि धेरै भएकाले मुलुक नै शोकमा छ । पोखरा दुर्घटनाले विमानस्थलको कमजोरीको रहस्य खुल्न सक्ने भए पछि चिनियाँ राजदूतले यो मुद्दालाई डाइभर्ट गर्न रणनीतिक रुपमा हतार हता...
भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर

भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ – भारत सरकार र एसियाली विकास बैंक एडीबीबीच १ अर्ब २२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षार भएको छ । भारतको आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मुलुकका विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि उक्त रकम बराबरको ऋण सम्झौता भएको हो । भारतका विभिन्न राज्यमा ऊर्जा, सडक सञ्जाल, रेलमार्गजस्ता पूर्वाधारको निर्माणका लागि ऋण लिन लागिएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । ऋणबाट प्राप्त रकम पूर्वोत्तर राज्यहरु असम र त्रिपुरामा राजमार्ग र ऊर्जासम्बन्धी परियोजना निर्माण, दक्षिणी सहर चेन्नईमा मेट्रो रेल र पश्चिमी राज्य महाराष्ट्रका महत्वपूर्ण आर्थिक क्षेत्रको विकासमा लगानी गरिने वित्त मन्त्रालयले उल्लेख गरेको छ ।...
चीनको एशिया पेट्रोलियम एण्ड ग्यास कम्पनीले अफगानिस्तानको तालिबान नेतृत्वको प्रशासनसँग सम्झौतामा हस्ताक्षर गरे

चीनको एशिया पेट्रोलियम एण्ड ग्यास कम्पनीले अफगानिस्तानको तालिबान नेतृत्वको प्रशासनसँग सम्झौतामा हस्ताक्षर गरे

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ माघ – तालिबान शासनको साथ विश्वका अधिकांश देश तथा मानिसहरू कुनै पनि कुराको स्वामित्व लिन डराइरहेका छन्। विशेष गरी मानवीय सहायताको प्रावधानको अपवाद बाहेक, जुन गत शताब्दीको अन्त्यमा विश्वलाई समात्ने कट्टरपन्थी मध्ययुगीन संस्करणसँग मिल्दोजुल्दो हुन थालेको छ। तालिबानले महिला गैरसरकारी संस्थाका कर्मचारी र स्वयंसेविकाहरूलाई देशमा काम गर्न प्रतिबन्ध लगाएकाे छ । तालिबानले अफगान महिलाहरूलाई काम गर्न प्रतिबन्ध लगाएपछि प्रमुख मानवीय गैर-सरकारी संस्था (एनजीओ) हरूले पनि आफ्नो अत्यावश्यक सेवा तथा सहयाेगहरू बन्द गरिदिएका छन् । र एक मोडमा जब तालिबानले अफगान महिलाहरूलाई उच्च शिक्षामा सबैकाे पहुँचबाट रोक लगाएको थियो, यसले पक्कै पनि थोरै सन्देह भएको देशलाई तालिबान शासनसँग तेल शोषण सम्झौतामा हस्ताक्षर गर्न सहयाेग मिलेकाे छ । तर याे सम्झौतालाई विश्वकाे कुनै पनि देशले मान्यता दिनेवाला छैनन् । ...
जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

जर्मनीद्धारा दुई चिनियाँ सेमिकन्डक्टर कारखाना माथि लगायो प्रतिबन्ध

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ माघ – चिनियाँ कम्पनीहरूका दुई सेमिकन्डक्टर कारखानाको बिक्रीमा जर्मनीले प्रतिबन्ध लगाएपछि चीनलाई रणनीतिक धक्का लागेको छ ।बर्लिनको निर्णय नोभेम्बरमा जर्मन चान्सलर ओलाफ स्कोल्जको चीन भ्रमणको बावजुद उनको देश र युरोपेली संघका सांसदहरूको आलोचनाको बीचमा उक्त प्रतिबन्ध लगाउने निर्णय आएको हो ।जियोपोलिटिको इन्फोका अनुसार नेताहरूको आलोचना जर्मनलगायत युरोपेली संघका नेताहरूले बेइजिङको मानवअधिकार रेकर्डको लागि र युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसलाई समर्थन गरेकोमा निन्दा गरेका छन् । यद्यपि, स्कोल्जले नैतिकताभन्दा व्यापार रोजे किनभने उनले चीनलाई आफ्नो एसियाली यात्राको हिस्सा बनाए ।ओलाफ स्कोल्जले चीन र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाइरहँदा दुई देशबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई बलियो बनाउन चीनको भ्रमण गरेका थिए । स्कोल्जको भ्रमणको बावजुद जर्मनीले सुरक्षा ख...
अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ माघ – नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिट) जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताउनुभयो । भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च (एसजेएफ) को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन ...