Friday, November 22सत्यम खबर
Shadow

अनुसासन नै बाल बालिका तथा विद्यार्थीहरूको गहना : मौलाना मशहूद

कृष्णनगर, कपिलवस्तु, २९ भाद्र – सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरूसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले बाल अधिकार संरक्षण हामी सबैको दायित्व रहेको बताउँदै नगरको सरसफाइमा विद्यार्थीहरुको भुमिका अहम हुनुपर्ने बताउनुभयो l

कार्यक्रममा बोल्दै बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बालबालिकाहरूको सर्वांगीण विकासमा आमाको भूमिका महत्वपूर्ण रहेको बताउँदै अनुसासन नै बालबालिका तथा विद्यार्थीहरूको गहना रहेको बताउनुभयाे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्कीले उपस्थित सबैमा धन्यवाद दिदै बालबालिकाहरुको विकासका लागि नगरपालिकाले बजेट छुट्याएको बताउँदै बालबालिकाहरूको उज्जवल भविष्यको कामना समेत गर्नुभयो l

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्यायले गर्नुभयो । साथै कार्यक्रममा युनिसेफका प्रकाश कैनीले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएकाे थियाे ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार कार्कीको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, अतिथिहरूमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी, आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा, वडा अध्यक्ष संजयकुमार गुप्ता, वडा अध्यक्ष छेदीप्रसाद यादव, वडा अध्यक्ष मोहम्मद मोवीन खां, जाहिर आजाद झण्डानगरीलगायतकाे सहभागिता रहेकाे थियाे l

उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, कर्मचारी लगायत अन्यको उपस्थित थियो l कार्यक्रमकाे सञ्चालन ईश्वरीप्रसाद पौडेलले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *