
नेपालगन्ज, ७ भाद्र – स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको कार्यालय स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १० को बाँसकोटा मार्केटमा शाखा कार्यालयकाे स्थापना गरिएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद कमल बि.के. निर्माेही र बाँके शाखा अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद निर्माेहीले स्वतन्त्र पत्रकारहरुको छाता संगठन स्वतन्त्र पत्रकार संघ स्वतन्त्रता र निष्पक्षताका पक्षमा रहेको उल्लेख गर्दै शाखाको कार्यालय स्थापनाबाट संस्थागत बिकास हुने अपेक्षा गरेकाे बताउनुभयाे ।
संघ बाँके शाखाका उपाध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै शाखा अध्यक्ष नमस्कार शाहले कलाकार, पत्रकार, साहित्यकार सबैका साझा हुने भएकाले कुनै राजनीतिक पार्टीको झुण्डमा बिभाजन हुन नहुने बताउँदै शाखाको कार्यालयबाट संघका कार्यहरु नियमित गर्न सहज हुने बताए । कार्यक्रममा बासका महासचिव शिबकुमार बर्मा लगायतको उपस्थिती रहेको थियो ।