Sunday, April 26सत्यम खबर
Shadow

बाहिरी जिल्लाका विरामी राख्न नेपालगन्जमा आईसोलेसन सेन्टर

नेपालगन्ज, १७ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड १९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
भारतबाट फर्किने क्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यही आईसोलेसन सेन्टरमा राख्ने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाईट हाउस आईसोलेसन सेन्टरमा बैशाख ४ गतेदेखि हालसम्म ५७ जना संक्रमितले सेवा पाएको आईसोलेसन सेन्टरका स्वास्थ्य फोकल ब्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिनुभयो ।


शुक्रबार पनि आईसोलेसनमा बाहिरी जिल्लाका २५ जनासहित ४१ जना रहनुभएको छ । यो आईसोलेसनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरि सैय्याको व्यवस्था मिलाइएको छ । कोभिड संक्रमित भएपछि होम आईसोलेसनको सुविधा नभएका नगरबासीले ह्वाईटहाउस आईसोलेसनबाट सेवा लिईरहेका छन् ।
यो सेन्टरमा सामान्य अवस्थाका कोभिड संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
लक्षण सहितका विरामीलाई राख्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सैय्याको अक्सिजन सहितको आईसोलेसन सेन्टर शुक्रबार दिउसोदेखि सञ्चालन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *