Sunday, April 26सत्यम खबर
Shadow

कर्मचारी र जनप्रतिनिधिसहित १ सय २४ जनामा कोरोना

नेपालगन्ज, १६ बैशाख – नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत मध्ये हालसम्म १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्यकर्मी लगायतका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी तथा सरसफाईको क्षेत्रमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । उपप्रमुख उमा थापा मगरका अनुसार २० बढि कर्मचारीहरु अहिले कोरोना संक्रमण भई आईसोलेसनमा रहनुभएको छ ।

फाईल फोटो


संक्रमित मध्ये २४ जना स्वास्थ्यकर्मी रहेका छन् । कोरोना संक्रमणको समयमा समेत अग्रभागमा खटिएर जनताको सेवा गरिरहेको अवस्थामा कर्मचारी र जनप्रतिनिधीहरुमा कोरोना देखिएको हो । चैतयता मात्रै उपमहानगरपालिकाका २९ जना कर्मचारीमा कोरोना देखिएको छ ।
कोरोना संक्रमित हुनुभएका कार्यपालिका सदस्य शान्तिदेवी परियार, अधिकृत सातौं दानवहादुर विष्ट र सहायक चौथो युवराज विक्रम घलेको निधन भएको छ । जनप्रतिनिधी र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि उच्च मनोवलका साथ काम गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *