नेपालगन्ज, ५ बैशाख – नेकपा (माओवादी केन्द्र) काे लुम्बिनी प्रदेश समितिकाे जनसभा बाँकेकाे रामलिला मैदानमा सम्पन्न भएकाे छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेशले आज नेपालगन्जकाे रामलिला मैदानमा पार्टी प्रर्वेश कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम पनि गरेकाे छ ।
काेराेनालाई मध्यनजर गरेर मास्क प्रयाेग गरेर कार्यक्रम भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष कर्णजीत बुढाथोकी, विशेष अतिथि तिलक थापा मगर वरिष्ठ नेता, अतिथिमा रङनाथ ढकाल उपाध्यक्ष, नरेश शाही महासचिव, सिँहराज वि.क. सचिव, अरुण घिसिङ सचिव, सुकईलाल बर्मा बाँके, बर्दिया ईन्चार्ज, राजेन्द्र गाेडिया बाँके सचिव, लगायत नेताहरु रहेका थिए ।
कार्यक्रममा धेरै जनाले मनतव्य राखिसकेपछि लुम्बिनी प्रदेशकाे अध्यक्षकाे भनाई नेपालगन्जमा बैंकले जुन जनताकाे पैसा लिएर भागेकाे छ । त्यसमा वकिलहरु, न्यायाधीशहरु, स्थानीय सरकार लगायत मन्त्रीहरु पनि मिलेकाे हुन सक्ने शंका रहेकाे सिँहराज बि.क.ले बताएका थिए ।
अब तिनी जनताहरुकाे नेतृत्व गर्नकाे लागि हाम्राे पार्टी माओवादी केन्द्रले गर्ने छ। जति पनि भ्रष्ट नेता, पुलिस, प्रशासन रहेका छन् । सबैलाई कालाेमाेसाे दालेर त्यसलाई अब हामी नगर-नगर, गाउँ-गाउँमा घुमाउने छाैँ बि.क.ले बताए ।
कार्यक्रमकाे अन्तिममा पार्टीका केन्द्रीय अध्यक्षले भन्नुभयाे- अब आउने बर्षदेखी हामी शान्तिपूर्ण आन्दोलन गर्ने छाैँ, जबसम्म सरकारले राष्ट्रकाे हित, भलाे, जनताकाे शिक्षा, स्वास्थ, राेजगारीकाे व्यवस्थापन गर्दैन । तबसम्म हाम्राे पार्टीको आन्दोलन जारी रहन्छ र आउने तीन बर्षपछि सशस्त्र आन्दाेलन गर्ने घाेषणा समेत लुम्बिनी प्रदेशकाे जनसभाद्वारा गरिने बताए ।