Saturday, April 18सत्यम खबर
Shadow

उपमहानगरपालिकाद्वारा दश बुँदे प्रतिबद्वताको घोषणा

नेपालगन्ज, २२ चैत – नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बासको सहजीकरणमा भएको सुनुवाईमा विभिन्न १० बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।


सुनुवाईमा सहभागि नगरबासिहरु र सरोकारवालाहरु बिच झण्डै अढाई घण्टा भएको दोहोरो प्रश्नोत्तर पश्चात घोषणा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको खुल्ला दर्शन गर्न जाँदा लाग्ने शुल्कमा एकरुपता नभएको भन्ने गुनासो आएकाले सो वारे बुझि गुनासो समाधान गर्ने, नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर २१ को झगरपुरुवाको बाटो आगामी आ.व. मा निर्माण गर्ने र नेपालगन्ज वडा नम्बर १ स्थित दोन्द्रा नालाको समस्या समाधान गर्ने, शहरमा ब्याप्त ध्वनी प्रदुषण न्युनिकरणका लागि सर्वपक्षिय छलफलबाट पहल गर्ने, वडा नम्बर ११ स्थित भवानीवाग तालको शौन्दर्यकरण गर्दै पुर्ननिर्माण गर्ने, नेपालगन्ज क्षेत्रमा शव ब्यवस्थापन गर्न विधुतिय शब दहन केन्द्र निर्माणका लागि पहल गर्ने, स्थानीय मठ, मन्दिर लगायतले आवश्यक जग्गा उपलब्ध गराएमा उपमहानगरपाकिाबाट क्रियापुत्री घर निर्माण गर्ने, नगर क्षेत्रभित्र निर्माण हुन बाँकी सडक आगामी आ.व.मा निर्माण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई सौन्दर्यकरण र हराभरा बनाउन योजना निर्माण गर्ने, बिशालनगरदेखी बनियागाउँ जाने सडकमा नाला निर्माण गर्न पहल गर्ने, ज्येष्ठ नागरिकहरुको सम्मान र हक हितका लागि आगामी आ.व. मा वजेट बिनियोजन गर्ने र नेपालगन्जको त्रिभुवनचोकको पार्किङ्ग ब्यस्थित गर्ने रहेका छन् ।


यसरी गरिएका साझा सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा, प्रमुख प्रशासकिय अभिकृत ओमबहादुर खड्का, बिभिन्न वडाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र विषयगत शाखाका प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
सुनुवाइमा सहभागिहरुले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालाहरुलाई प्रश्न गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिंदै नगर प्रमुख डा. धवल शमशेर राणाले ४ बर्षमा उपमहानगरपालिकाले विकासमा फट्को मारेको बताएका थिए । यो अवधिमा थुप्रै विकास निर्माणको कार्य भएको भन्दै आगामी दिनमा बाँकी रहेका कामहरु गर्दै उपमहानगरपालिकालाई शौन्दर्यकरण र हराभरा बनाउन लागि पर्ने प्रमुख राणाले प्रतिबद्धता ब्यक्त गरे ।


बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजीकरण गरेका सुनुवाईको शुरुवातमा उपमहानगरपालिकाले गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा जानकारी नगर प्रमुख डा. राणाले गरेका थिए । बासका केन्द्रीय महासचिव शिवकुमार बर्माले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका निर्देशक हेमराज भट्टले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *