Tuesday, November 26सत्यम खबर
Shadow

‘७६ वर्षिय ज्येष्ठ नागरिकप्रति भेरी अस्पतालले गर्ने व्यवहार यही हो ?’

नेपलागन्ज, २२ चैत – डुडुवा गाउँपालिका वडा नं. २ जाफरपूर्वाका ७६ वर्षिय ज्येष्ठ नागरिक समशाद खान अस्पताल भित्र उपचार नपाई पेडमा छटपटाई रहेको उनका आफ्न्तजनहरुले आरोप लगाएका छन् ।
नेपालगंज मेडिकल कलेज (नर्सिङहोम) मा शुक्रबार भर्ना गर्दा डा. असिम किदवाईले पिसिआर परिक्षणको सुविधा भेरी अस्पतालमा रहेको भनी त्यहाँबाट रिफर गरी भेरी पठाएको तर शुक्रबारदेखि मेरो मामा उपचार बिना बेडमा छटपटाईरहेको उनका नाताले भान्जा पर्ने जकी खानले बताए ।


उपचाररत समशाद खानका भान्जा जकीका अनुसार शुक्रबार नर्सिङहोमबाट रिफर गरी भेरी अस्पतालमा भर्ना गरिएको थियो । तर उनलाई हालसम्म कुन औषधि सेवन गर्ने, कहाँ चेकजाँच गर्ने, खानामा के खान दिने लगायतका सामान्य तवरले उपचारमा रहेका बिरामीहरुलाई हेर्न कार्य समेत कुनै डाक्टरहरुबाट नगरिएको आरोप लगाए ।
यसबारे उपचारमा खटिएका नर्सद्वारा जानकारी लिंदा उनले सस्पेक्टेट अवस्था रहेको हुनाले ढिलो हुन गएको तथा कोरोना परिक्षण शनिबार नभएको हुनाले समेत ढिलो भएको जानकारी गराउनुभयो ।


समशादका आफ्न्तले भने– ‘यदि मानौ उनलाई कोरोना भएपनि के बेडमा छटपठाउन छोड्न मिल्छ ? यहाँ भएका तमाम डाक्टरहरुको के यही जिम्मेवारी हो ? एउटा ज्येष्ठ नागरिक सामान्य खासीले पीडित भईरहेको अवस्थामा कुनै डाक्टरले वास्ता नगर्नु र जानकारी माग्दा समेत कुनै जानकारी नदिनु, कहाँ सम्मको मानवता हो ? सरकारी अस्पतालमा ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहार यही हो ?’ भनी प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *