Friday, November 22सत्यम खबर
Shadow

६७ वर्षको बाँके जिल्लाको पत्रकारिता इतिहास

नेपाली पत्रकारिताको इतिहास जब–जब खोत्लिन्छ त्यस समय बाँके जिल्लाको पत्रकारिताको इतिहास देख्नै पर्छ । यसको कारण यो छ जब नेपाली पत्रकारिताको इतिहासको कुरा आउँछ अनि बाँके जिल्लाको पत्रकारिताको इतिहासलाई अनदेखा गर्न मिल्दैन ।


बाँके जिल्लामा वि.सं. २०११ सालदेखि पत्रकारिता शुरु भएको हो । वि.सं. २०११ सालमा स्व. श्री महावीर प्रसाद गुप्ताले यहाँ नयाँ सन्देश पत्रिका प्रकाशित गरेको देखिन्छ तर यो पत्रिका सरकारी स्तरमा दर्ता नभई प्रकाशित भएको थियो । त्यस समयको प्रज्ञा परिषदको आर्थिक सहयोगमा प्रकाशित भएको यो पत्रिकाको लेखन कार्य नेपालगंजमा हुन्थ्यो । जसलाई पछि छपाउनको लागि यहाँदेखि १९० किलोमिटर टाढा रहेको भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पठाईन्थ्यो । पत्रिका छापिएर आएपछि यसलाई नेपालगंजको अतिरिक्त नेपाल–भारतको सीमा क्षेत्रमा रहेको बजार रुपैडिहा, बाबागंजसम्म पढन पठाईने गरिन्थ्यो । यो पत्रिका हिन्दी भाषामा प्रकाशन हुने गथ्र्यो । यो पत्रिका १ वर्षसम्म प्रकाशित भयो पछि आर्थिक अभावको कारण बन्द भयो । त्यसपछि नेपालगंजबाट बब्रुबाहन सिंह र अनिरुद्र प्रसाद सिंहको सम्पादनमा यहाँबाट मंगल ज्योति नामको पत्रिका मंगलप्रसाद माध्यमिक विद्यालयको मुखपत्र भई प्रकाशित गरियो । यो पत्रिकाको १ वटा अंक मात्र प्रकाशित भयो । यसको ठिक ५ वर्षपछि २०१६ सालमा स्व. पण्डित योगेश्वर प्रसाद मिश्र “वैद्य” जी ले पनि हिन्दी भाषामा नै मातृभूमि साप्ताहिक पत्रिका प्रकाशित गर्नुभयो । यो पत्रिका तत्कालीन बडा हाकिमको कार्यालयबाट दर्ता भई प्रकाशित भएकोले यो पत्रिका बाँके जिल्लाको पहिलो पत्रिका रहेको मानिन्छ । बाँके–बर्दिया गोश्वाराका बडा हाकिमले यो पत्रिका प्रकाशित गर्न नेपाली कागजमा स्वीकृति पत्र बनाएर दिएका थिए । त्यस समय यहाँ नेपालगंजमा प्रिन्टिङ्ग प्रेसको स्थापना भएको थिएन । पत्रिका छपाउन भारतको लखनऊमा धाउनु पथ्र्यो । यो कमी पुरा गर्ने नेपालगंजको त्रिभुवन चोक पूर्व लाईनमा पाटन प्रिन्टिङ्ग प्रेसको स्थापना गरियो । यो लेटर प्रेस २०१८ सालमा लगाईयो । यसरी नेपालगंजमा पहिलो प्रिन्टिङ्ग प्रेस पाटन प्रिन्टिङ्ग प्रेस हो । त्यसपछि मातृभूमि हिन्दी साप्ताहिकका सम्पादक÷प्रकाशक प० योगेश्वर प्रसाद मिश्रले गोसाई गाउँमा आफ्नै लेटर प्रेसको स्थापना गर्नुभयो । यसको नाम मातृभूमि प्रिन्टिङ्ग प्रेस राखिएको थियो ।

२०१८ सालमा शिक्षा र साहित्य क्षेत्रमा रुचि राख्ने मध्येका व्यक्तित्व मोहनलाल श्रेष्ठ “प्रभाकर”, स्व. वि–विकास, इन्द्रमणि मानव र जगत बहादुर सिंहको सत्प्रयासमा यहाँबाट “नौलो पाईला” मासिक पत्रिका प्रकाशित गरियो तर पनि आर्थिक अभावको कारण केही समय भित्र नै प्रकाशित हुन बन्द भयो ।

पछि यहाँका अग्रज साहित्यकार इन्द्रमणि मानवको सम्पादन/प्रकाशन र स्व. वि.विकासको सह–सम्पादनमा २०१९ साल पुस १ गते दिनबाट राष्ट्रिय आव्हान पत्रिका प्रकाशित भयो । यो पत्रिकाको पछाडि २०२१ मंसिर १ गतेदेखि (पंचायती व्यवस्था प्रवुद्ध प्रहरी) शब्द उल्लेख रहेको थियो । यसै समयमा मोहनलाल श्रेष्ठ, जगत बहादुर सिंह, कृष्ण विक्रम शाह जस्ता व्यक्तित्वहरु यस पत्रिकाको सम्पादक मण्डलमा रहनु भएको थियो । केही अंकहरु राष्ट्रिय आव्हानको पनि प्रकाशित भयो पछि आर्थिक अभावको कारण २०२२ सालदेखि प्रकाशित हुन बन्द भयो । यस समयकालमा जम्मा ५ वटा पत्रिका प्रकाशित भएको देखिन्छ ।


२०२२ सालमा फेरी जगत बहादुर सिंह कै सम्पादनमा राष्ट्रदूत “मासिक” पत्रिका प्रकाशित भयो । यो पत्रिकाको ४ वटा अंक मात्र प्रकाशित भयो । २०१७ सालमा पंचायती व्यवस्था उत्कर्षमा आयो । यो व्यवस्थालाई सुदृढ पार्न निमित्त साहित्यिक र सांस्कृतिक समितिको तर्फबाट २०२५ सालमा बब्रुबाहन सिंह र गोपाल बहादुर सिंहको सम्पादनमा भेरी पाक्षिक र त्यस पछि भेरी सन्देश पाक्षिक पत्रिकाको नामले एउटा पत्रिका प्रकाशित भयो । यसको पहिले स्व. खडग बहादुर सिंह, गोपाल बहादुर सिंह, अनिरुद्र प्रसाद सिंह र इन्द्रमणि मानव जस्तो व्यक्तित्वहरु सम्पादनमा अञ्चल पंचायत नामको द्वैमासिक पत्रिकाको ४ वटा अंक प्रकाशित भई सकेको थियो । यसै समयकालमा २०२१ सालमा नेपालगंज नगर पंचायतले नगर पंचायत बुलेटिन पाक्षिक पत्रिका मोहनलाल श्रेष्ठको सम्पादनमा केही वटा अंक प्रकाशित गर्ने प्रयास गरिएको थियो । यसको अतिरिक्त स्व. महावीर प्रसाद गुप्ता र इन्द्रमणि मानवको सम्पादन र स्व. पाटन दीन गुप्ताको प्रकाशनमा अनुराधा मासिक पत्रिका नेपाली र हिन्दी भाषामा केही अंकहरु प्रकाशित भयो । इन्द्रमणि मानव र जगत बहादुर सिंहको सम्पादनमा स्वराष्ट्र नामको पत्रिका पनि प्रकाशित भएको थियो ।

बाँके जिल्लामा सो समय पत्रिका प्रकाशित गर्नु निकै नै चुनौतिपूर्ण कार्य थियो । पत्रिका छपाउन धेरै नै समस्या थियो । तर सबैभन्दा बढी समस्या थियो आर्थिक अभाव त्यस समय व्यक्तिहरु पैसा तिरेर कमै पत्रिका पढथे । केहीहरु पत्रिका पढथे भने निःशुल्क रुपमा यस कारण त्यस्तो पत्रिका पैसा नलिएर बाँड्ने प्रचलन थियो । यही कारणले होला सो समय तमाम पत्रिका प्रकाशित पनि भयो तर आर्थिक अभावले गर्दा बन्द पनि भयो । यस्तो पत्र पत्रिकाहरु साहित्यिक क्षेत्रतर्फको बढी थियो । पत्रिका बन्द हुनेमा भेरी साहित्य विकास समितिको तर्फबाट प्रकाशित प्रेम प्रकाश मल्ल, नन्दलाल लम्साल, वि. विकास र सनत रेग्मीको सम्पादनमा रहेको सिर्जना त्रैमासिक, भेरी अनुसन्धानको तर्फबाट प्रकाशित अनुसन्धान मासिक यस पत्रिकाको सम्पादन चोल राज शर्मा, जनार्दन आचार्य जस्ता व्यक्तित्वहरुले गर्नु भएको थियो ।


महेन्द्र पुस्तकालयको तर्फबाट प्रकाशित महेन्द्र सौरभ पाक्षिक जुनकी सनत रेग्मी र स्व. वि. विकासको सम्पादनमा थियो । त्यस्तै दिनेश मणि त्रिपाठीको सम्पादनमा रहेको वर्तमान मासिक जस्तो पत्रिका केही समयसम्म प्रकाशित भई बन्द भएको थियो । यस बीचमा नारायण प्रसाद शर्मा गैरे र टुनानाथ भट्टराई जस्ता व्यक्तित्वहरु शुभेच्छा गोजिका मासिक पत्रिका प्रकाशित गर्ने प्रयास पनि गरेका थिए तर अन्य पत्रिका जस्तै नै यो पत्रिका पनि केही अंकहरु प्रकाशित भएपछि बन्द भएको थियो । २०३० सालमा पूर्ण शैक्षिक निकायको तर्फबाट धेरै प्रकारको त्रैमासिक, अर्ध साप्ताहिक, वार्षिक, वार्षिक बुलेटिन र सम–सामायिक संकलन प्रकाशन भएको थियो । यही समयमा नै २०३० सालमा मो. लियाकल अली सिद्दिकी र स्व. राम गोपाल वैश्यले केही समयसम्म काठमाण्डौ लगायतबाट पत्रिकामा कार्यरत रही काठमाण्डौबाट बद्री प्रसाद गुप्ता सम्पादक रहेको चेतना साप्ताहिकमा लेखनी गर्नु भयो । यस क्रममा उहाँ राष्ट्रध्वनि र राष्ट्र पुकार जस्तो साप्ताहिक पत्रिकासँग पनि आबद्ध रहे । २०११ सालबाट बाँके जिल्लामा पत्रकारिता क्षेत्रमा केही सुधार आएको देखिन्छ । पछि २०३१ सालमा यहाँको पत्रकारिताको जग अलि बलियो हुन थाल्यो । २०३१ सालबाट नेपालगंजमा स्व. महावीर प्रसाद गुप्ता र विजय कुमार गुप्ताको सम्पादन र किरण प्रभा गुप्ताको प्रकाशनमा किरण साप्ताहिक दर्ता भयो । यस समयाकालमा प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्ताको पत्रकारिता क्षेत्रमा उपस्थित देखिएन । पछि २०३६ सालपछि यस किरण साप्ताहिक पत्रिकामार्फत स्व. पन्नालाल गुप्ताले पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो । २०३६ सालपछि यस पत्रिकाका प्रधान सम्पादक बन्नु भयो पन्नालाल गुप्ता “चच्चा” जी । यसैको आसेपासेको समय २०३१ सालमा सेती अंचलको धनगढी जिल्लाबाट स्थान्तरण भई स्व. प्रभात भण्डारीको सम्पादन र प्रकाशनमा रहेको सुरमा सरोवर साप्ताहिक नेपालगंजबाट २०३४ सालमा दर्ता भई प्रकाशित हुन शुरु भयो ।
२०३१ सालदेखि भैरहवाबाट प्रकाशित निष्पक्ष ध्वनि साप्ताहिक र काठमाण्डौबाट प्रकाशित हिमाली हुलाक साप्ताहिकको क्षेत्रीय कार्यालय यहाँ स्थापना भयो र यसको क्षेत्रीय प्रतिनिधि बन्नु भयो पूर्णलाल चुके । यस्तै २०३५ सालतर्फ विचार साप्ताहिकको अंचल प्रतिनिधि हुनुभयो हेमन्त कर्माचार्य, लुम्बिनी अंचलबाट लेखनाथ ज्ञवाली यहाँ आएर मातृभूमि साप्ताहिकको प्रतिनिधित्व गरेको पाईन्छ ।

नेपालगंजमा यस समय कैयन पत्रिकाहरु नियमित रुपले प्रकाशित भए तर यहाँ नेपाली पत्रिका बिक्री गर्ने पुस्तक पसल थिएन । केही पुस्तक पसलहरु नेपालगंजको सदरलाईनमा थियो भने पनि यस पुस्तक पसलमा भारतीय पत्रिका अधिकांश रुपमा बिक्री हुने गथ्र्यो । नेपाली पत्रिकालाई बिक्री गर्ने पुस्तक पसलको अभाव टार्न बागेश्वरी टोलमा पहिलो पटक नेपाली पत्र पत्रिका पुस्तक बिक्री गर्ने पसल स्थापित भयो । यसको नाम थियो भेरी न्यूज सेन्टर, यहाँ काठमाण्डौबाट प्रकाशित पत्रिका र नेपालगंजबाट पत्रिका बिक्री गर्न राखिन्थ्यो । बिहान सांझ नेपाली पत्रिका पढ्नेहरुको घुईचो त्यहाँ लाग्न शुरु भयो । यसरी भेरी न्यूज सेन्टरले यहाँ नेपाली पत्रिका पढ्ने रुचि व्यक्तिमा पैदा गरेको पाईन्छ । २०३२ सालपछि मो. लियाकल अली सिद्दिकीको सम्पादनमा रहेको संकल्प साप्ताहिक, जित बहादुर वि.सी.को सम्पादनमा रहेको पर्यवेक्षक साप्ताहिक, पूर्णलाल चुकेको सम्पादनमा रहेको जनमत साप्ताहिकपछि यो पत्रिका अर्धसाप्ताहिक बन्यौ । त्यस्तै २०३६ सालमा प्रेम कैदीको मासिकको अस्थाई दर्ता नं. थिएन । केही समयसम्म यो पत्रिका प्रकाशित भयो । यसको केही दिन पछि नै यो पत्रिकाको प्रकाशन हुन बन्द भयो । २०३९ सालमा सरकारको नयाँ प्रेस नीति आयो । त्यसपछि पत्र पत्रिका दर्ता गराउन केही सरल भयो ।

यसपछि बाँके जिल्लामा पत्रिका दर्ता गराउने बाढी जस्तै नै आयो । यही समयमा प० योगेश्वर प्रसाद मिश्र जीको छोरा प्रमानन्द मिश्राले यहाँबाट प्रकाश साप्ताहिक नामको पत्रिका प्रकाशित गरे । यही समयमा नै पूर्णलाल चूकेको सम्पादन र सुशीला चुकेको प्रकाशनमा जनमत अर्ध साप्ताहिक नियमित रुपले प्रकाशित हुन शुरु भयो । २०४० सालमा स्व. पन्नालाल गुप्ता “चच्चा”जी को सम्पादन र प्रकाशनमा जय नेपाल दैनिक र स्व. प्रभात भण्डारीको सम्पादन प्रकाशनमा नेशनल टाईम्स दैनिक केही समयसम्म प्रकाशित भयो । यो समयमा मो. लियाकत अली सिद्दिकीको संकल्प साप्ताहिक, जित बहादुर वि.सी.को पर्यवेक्षक साप्ताहिक, राजेन्द्र सिंह राठौरको निर्भिक साप्ताहिक, प्रेम कैदीको युगधारा साप्ताहिक जुन पत्रिका पछि काठमाण्डौ स्थान्तरण भयो । यसै बीच राधेश्याम शर्माको आदर्श मञ्च पाक्षिक पछि यो साप्ताहिक भयो । गोपाल बहादुर सिंहको पत्रिका भेरी सन्देश साप्ताहिक ।

मणिलाल गुप्ताको सम्पादनमा रहेको लोकमत साप्ताहिक यो पत्रिका गुप्ताजीको सम्पादनमा रहेपनि पत्रिका स्व. रामगोपाल वैश्यले चलाउनु हुन्थ्यो । यो पत्रिका उहाँकै आफ्नो प्रेस महालक्ष्मी छापाखानाबाट छापिएर वितरण गरिन्थ्यो । यही दशकमा नै महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तुलसीमान अमात्य, पशुपति तिमिल्सिनाको सम्पादनमा जनजागृति सांस्कृतिक मञ्चको तर्फबाट चिप्लेटी पत्रिका कर्मचारी मिलन केन्द्र बाँकेको तर्फबाट केही वर्षसम्म मिलन वार्षिक मुखपत्र प्रकाशन भयो पछि यो पत्रिका बन्द भयो ।
यो समयमा प्रकाशित पत्रिकाको वर्गीकरण प्रेस काउन्सिल नेपालले ग¥र्यो र वर्गीकरण श्रेणी अनुसार यि पत्रिकाहरुलाई प्रेस सूचना विभागले नेशनल ट्रेडिङ्ग मार्फत वाग्ला न्यूज पेपर (अखबारी कागज) उपलब्ध गराउन्थ्यो । बाँके जिल्लाको पत्रकारिताको विकास क्रमिक ढंगले भई रहेको थियो । यस समयमा सुरमा सरोवर साप्ताहिकका संस्थापक प्रभात भण्डारीको असमायिक निधन भयो ।


यसपछि २०४७ मा प्रजातन्त्रको पुर्नबहाली भए लगत्तै २०४७ को भदौ महिनामा सुरमा सरोवर साप्ताहिकको नाम परिवर्तन गरेर यस पत्रिकाको नाम चौतारी साप्ताहिक गरी पत्रिका प्रकाशन गर्ने जिम्मा लिए प्रभात भण्डारीका छोरा प्रतिक भण्डारी, दिवाकर शर्मा, नारायण ज्ञवाली, राम प्रसाद गौतम लगायतहरुले यो पत्रिका केही महिनासम्म नियमित रुपमा प्रकाशित गरे । पछि २०४८ साल भदौ महिनापछि बन्द भयो । फेरी यो पत्रिका प्रकाशित गर्ने साहस कसैले गरेन । नेपालगंजमा अफसेट प्रविधिबाट सबैभन्दा पहिले प्रकाशित हुने पत्रिका जनमत अर्धसाप्ताहिक हो । २०५२÷०९÷१४ गतेमा पहिलो पटक जनमत अर्धसाप्ताहिक पूर्णलाल चुकेको आफ्नै अफसेट प्रेसबाट छापिएको थियो । २०५४ सालदेखि आजसम्म यो पत्रिका निरन्तर र नियमित रुपमा प्रकाशित हुँदै आएको छ । यो पत्रिकामा हेमन्त कर्माचार्य, जे पाण्डे, नरेन्द्र जंग पिटर, राजेन्द्र ज्ञवाली लामो समयसम्म लेखनी गरेको पाईन्छ ।

बाँके जिल्ला प्रशासन कार्यालयबाट २०४७/०४८ मा माधव कुमार शाहको सम्पादन र शकुन्तला शाहको प्रकाशनमा नयाँ नेपाल टाईम्स साप्ताहिक, महेन्द्र राज शर्माको विचार साप्ताहिक प्रकाशित गर्ने प्रयास भयो । तर नाम जुधेकोले पछि विचार साप्ताहिकको नाम परिवर्तन गरी हलचल साप्ताहिक गरियो पछि यसको नाम नयाँ हलचल साप्ताहिक राखियो । यही समयमा उदय सिंह श्रेष्ठको निष्पक्ष ध्वनि साप्ताहिक, पश्चिमाञ्चल साप्ताहिक, विकल्प साप्ताहिक, अंग्रेजी पत्रिका ब्रेस, दैनिक गतिविधी, बासुदेव श्रेष्ठको उज्यालो साप्ताहिक, त्रिलोचन शर्मा र राजेन्द्र ज्ञवालीको परिक्रमा साप्ताहिक यसलाई पछि क्रान्तिदूत नाम दिईयो । त्यस्तै नै विद्यु प्रसाद कायस्थको नेपालगंज पोष्ट प्रकाशित भयो । यो समयलाई साप्ताहिक पत्रिकाको स्वर्णकाल भन्न सकिन्छ । त्यस समय आजको जस्तो साप्ताहिक पत्रिकाको दयनीय स्थिती थिएन । सरकारी विज्ञापन साप्ताहिक पत्रिकामा नै प्रकाशित गर्ने प्रावधानले गर्दा साप्ताहिक पत्रिकाको आर्थिक अवस्था धेरै नै मजबूत थियो । यो समयमा आदर्श मञ्च, भेरी सन्देश, लोकमत, जनमत, संकल्प, पर्यवेक्षक, नेपाल टाईम्स, किरण साप्ताहिक, प्रकाश साप्ताहिक पत्रिका सधैं चर्चामा रहने गर्थे । यस समयमा निर्भिक साप्ताहिकका सम्पादक जित बहादुर वि.सी.ले नगरपालिका रोडमा आफ्नै गौरा छापाखाना स्थापित गरे । पछि उनीले यो प्रेस बिक्री गरेर भारततर्फ लागे दशौं वर्षसम्म उनी नेपालगंजमा देखा परेनन जनयुद्धकालमा १ पटक उनी यहाँ देखिएका थिए । त्यसपछि उनी कता गए, कहाँ गए अहिले कुन अवस्थामा कहाँ छन कसैलाई पनि थाहा छैन । यसपछि नेपालगंजबाट मो. हारुन हलवाईको सम्पादनमा नशेमन साप्ताहिक, हेमन्त कर्माचार्यको कालपृष्ठ साप्ताहिक पछि यो पत्रिका दैनिक बन्यो । रेशम बिरहीको सम्पादन र प्रकाशनमा ललितपुरमा दैनिकको रुपमा दर्ता भएको समानान्तर बाँके जिल्लाबाट साप्ताहिक रुपमा प्रकाशित हुन शुरु भयो ।


सन १९९८ मा महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक राजकुमार सुवेदी र प्रकाश लामिछानेको वौद्धिक लेख माला मासिक, प्रकाशित भयो पछि बन्द पनि भयो । एक माध्यमिक विद्यालयमा प्राध्यापक रहेको लोकनाथ बर्माले अवधी भाषामा ग्रामदीप साप्ताहिक प्रकाशित गरे । अवधी भाषामा प्रकाशित यही नै पहिलो पत्रिका थियो । पछि यसको नाम परिवर्तन गरि एडस विकली राखियो । यसै समयमा नेपालगंजबाट हिन्दुवादी पत्रिका प्रकाशित भयो “आजको सामना” साप्ताहिक । यो पत्रिका हिन्दु धर्मको प्रचार प्रसारको लक्ष्य राखी दर्ता भएको थियो । जुन आजसम्म निरन्तर र नियमित रुपमा प्रकाशित हुँदै आएको छ । यसै समयमा शिव डोटेलको सम्पादन र बिष्णु प्रसाद शर्माको प्रकाशनमा २०५६ साल असोज २० गतेबाट नेपालगंज एक्सप्रेस दैनिक प्रकाशित भयो । त्यस्तै २०५६ भदौ महिनामा शरण के.सी.को प्रकाशन सम्पादनमा बागेश्वरी टाईम्स प्रकाशित भयो । यो पत्रिका श्याम कुमार शर्माबाट प्रकाशित भएको थियो । यो दैनिक पत्रिकामा शरद के.सी., कृष्ण अधिकारी, झलक गैरे जस्ता पत्रकार आबद्ध रहे ।
नेपालगंजमा महिला पत्रकारहरुपनि धेरै भए यिनीमा मुना श्रेष्ठ उज्यालो साप्ताहिक, किरण प्रभा गुप्ता किरण साप्ताहिक, सुशीला चुके गतिविधी र जनमत अर्धसाप्ताहिक, सुमन रानी मिश्र प्रकाश साप्ताहिक, शकुन्तला शाह नयाँ नेपाल टाईम्स, अनुषा ढंगाना मातृ सन्देश, दीक्षा कोईराला आजको सामना साप्ताहिक, मोहना अन्सारी, तारा रोकाय जस्ता महिला पत्रकार पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिन । पत्रकारिता क्षेत्रसँग सुलोचना गौतम नयाँ सडक बर्दिया र सिर्जना आचार्य फिचर सेवामा लागेको पाईन्छ ।


काठमाण्डौ जस्तो स्थानबाट प्रकाशित पत्रिकामा यज्ञ विक्रम शाह, सिराजुद्दीन खान, जे. पाण्डे, रुद्र खड्का, कृष्ण अधिकारी, शुक्रऋषि चौलागाई, सम थापा, तेज कुमार शर्मा, गोपी बुढा, जनक नेपाल, रामेश्वर बोहरा, झलक गैरे, शंकर खनाल, यमनाथ घिमिरे, जय नारायण शाह, अजय कुमार गुप्ता, नव अभिरुचि साप्ताहिकमा रही कार्य गरे । नेपालगंजमा रण प्रसाद रानाको मिनाम गोराक साप्ताहिक पनि प्रकाशित भएको देखिन्छ । पत्रकारिता क्षेत्रसँग पवन जयसवाल, मेराज सलमानी, कुन्तल राज शर्मा, चन्द्रेश्वर राज त्रिपाठी, अश्फाक जसगढ संघर्ष, विशाल कुँवर राना लगायतको सहभागिता रहेको पाईयो ।


विद्युतीय संचार माध्यम पोषण के.सी., शरद के.सी., शिव डोटेल र स्व. राम गोपाल वैश्य आबद्ध रहे । राम गोपाल वैश्य बीबीसी नेपाली सेवासँग लामो समयसम्म आबद्ध रहे । नेपालगंजबाट अरु पनि अनगिनत पत्रिकाहरु दर्ता भएर प्रकाशित भयो । त्यस्ता पत्र पत्रिका हुन प्रेम कैदीको युगधारा साप्ताहिक, टंक बहादुर केसी र मो. लियाकत अली सिद्दिकीको रोसम (बाल बिम्ब) मासिक, सनत रेग्मी, दिनेश मणि त्रिपाठीको वर्तमान ।

त्यस्तै नै त्रिलोचन शर्मा मरासिनीको क्रान्तिदूत, नारायण प्रसाद शर्मा गैरे, युगराज भट्टराईको शुभेच्छा, शिवलाल पाण्डेको हालखबर, सलाऊद्दीन अख्तरको उर्दु पत्रिका तोहफा र एभरेष्ट टाईम्स, कर्ण बहादुर थापाको न्यायिक ध्वनि, उदय बहादुर सिंह श्रेष्ठ पश्चिमाञ्चल साप्ताहिक, दिवाकर शर्मा नव संसार, श्रीमति मालती शर्मा अधिकारी र रामबाबु अधिकारीको अञ्जली (साहित्यिक), विद्यु प्रसाद कायस्थ नेपालगंज दैनिक, राजकुमार सुवेदी, सागर पौडेल द म्यासेन्जर साप्ताहिक, पूर्ण लाल चुके, उदय (द्विमासिक) खेम बहादुर भण्डारी अभियान दैनिक, विकेश कुमार श्रेष्ठ नयाँ अनुशीलन मासिक, बिष्णु प्रसाद श्रेष्ठ, नेपालगंज एक्सप्रेस, शरद के.सी., बागेश्वरी टाईम्स, प्रवीण राज गौतम हेलो म्याग्जीन, नेपालगंज टुडे, युनियन काँग्रेस, राम कुष्ण अधिकारी हाम्रो सन्देश, सुनील कुमार गुप्ता पश्चिम सरोकार दैनिक, न्यूज नेशनल नेपाल, समसामायिक दर्पण लगायत पत्रिका प्रकाशित भयो ।


बाँके जिल्लामा विगत समय मिसन पत्रकारिता भएको थियो । अब यहाँ व्यावसायिक पत्रिकाले आफ्नो जरो जमाउन थाल्यौ । यसैमा अछरी पोखरेलको सम्पादनमा महिला सञ्चार साप्ताहिक, जय नारायण शाहको अन्तराल पोष्ट दैनिक, नविन गिरी नेपालगंज परिवेश दैनिक, श्रीधर सुवेदी न्यूज नमस्ते दैनिक, चन्द्रशेखर पाण्डे न्यू मधेश एक्सप्रेस दैनिक, झलक गैरे दैनिक नेपालगंज, लक्ष्मण सापकोटा पश्चिम खबर दैनिक, चेतकान्त भट्टराई पिपल वोट दैनिक, तारा चन्द्र योगी प्रभात घोषणा दैनिक, रुद्र सुवेदी मध्यपश्चिम दैनिक, मेघराज ओली मध्यपश्चिम सन्देश दैनिक, दामोदर भण्डारी सदभाव दैनिक, भेषराज बस्नेत हाम्रो समाचार सन्देश दैनिक,

रहिस अहमद सिद्दिकी समय अधिकार दैनिक, अञ्जु पाठक नव मधेश जागरण, नरेन्द्र नाथ योगी कर्णाली सन्देश साप्ताहिक, मधु पौडेल अभियान न्यूज, मधु पौडेल दैनिक खबरी, मधु पौडेल न्यूज फ्ल्यास, बिष्णु बेल्वासे कोहलपुर टाईम्स साप्ताहिक, यम रावत कोहलपुर साप्ताहिक, सन्तोष चौधरी गुड न्यूज, कृष्ण चौधरी परगा साप्ताहिक, नमस्कार शाह बागेश्वरी असल शासन साप्ताहिक, राजेश कुमार मिश्र राष्ट्रिय स्वरुप साप्ताहिक, सनातन सन्देश साप्ताहिक, सलिल साप्ताहिक, बब्लु खान बैलेट साप्ताहिक, सुभाष कुमार गुप्ता सत्यखबर साप्ताहिक, चन्द्रेश्वर राज त्रिपाठी समाज जागरण साप्ताहिक, हरि तिमिल्सिना ऋतम्भरा दैनिक, प्रभात देवकोटा अवध पोष्ट, भगतराम थारु सागरमाथा गन्तब्य दैनिक, जयसिंह के.सी. मार्गरेखा कोहलपुर, अशोक बिष्ट हाम्रो चुनौति साप्ताहिक, गोबिन्द शर्मा लोकप्रिय सन्देश दैनिक, भिमप्रसाद पौडेल ज्ञानोदय पोष्ट दैनिक, डबल बहादुर महतरा युगिन बहस, सम थापा सत्यखबर, दिनेश श्रीवास्तव दीप ज्वाला साप्ताहिक (हाल दैनिक) जस्ता तमाम पत्रिका दर्ता भए । यसमा केही पत्रिका बन्द भएको छ, केही अहिले पनि प्रकाशित भई रहेका छन् ।


बाँके जिल्लाबाट अहिलेसम्म तमाम पत्रकार पत्रकारिता क्षेत्रमा आबद्ध रहे । उनी पत्रकारहरु छन्– निरज गौतम, दामोदर भण्डारी, कृष्ण खनाल, तुला अधिकारी, रुपन ज्ञवाली, सन्तोष रेग्मी, उपा थापा मगर, मेघराज ओली, स्मृति गिरी, विजय बर्मा, जय नारायण शाह, ठाकुर सिंह थारु, दिनेश पाण्डे, दिनेश ठाकुर, अश्फाक जसगढ संघर्ष, मेराज सल्मानी, शिव डोटेल, भरत किशोर वैश्य, नन्दलाल साहु, चन्दा सिंह पटहर, राजेन्द्र विश्वकर्मा, राकेश मिश्रा, गुरमुरत यादव, सूर्यलाल यादव, अशोक मौर्य, प्रहलाद विश्वकर्मा, सन्ध्या शर्मा, अल्पना वैश्य, कागज शर्मा, जावेद अहमद हलवाई, जावेद अन्सारी, रुबी साई, सुनीता शर्मा, माधवराम बर्मा, रमेशचन्द्र कुमाल, बिष्णुलाल कुमाल, शुभम शर्मा, कुन्तल राज शर्मा, भीम रावत, एम रावत, तिलक गाउँले, बनि अमीन सल्मानी, कृष्ण अधिकारी, सुरेन्द्र काफ्ले, डिल्लीराज विसी, कृष्ण चापागाई, जनक नेपाल, अर्जुन कार्की, अर्जुन ओली, अमृता के.सी., अशोक कुमार मौर्य, अशोक श्रेष्ठ, आशिष दहित, इन्दिरा थारु, ओबीराज आचार्य, ऋषि गैरे, कमल के.सी., कमल डाँगी, कल्पना पौडेल, करुणा थापा, करुणा शाह, काशीराम शर्मा, किरण आचार्य, कृष्ण चौधरी, कृष्ण प्रसाद चापागाई, कृपाराम बाडिया, खगेन्द्र दाहाल, खडग रावत, खिम देवकोटा, गणेश जि.सी., गिरिश गुप्ता, गुलाम हुसेन कादरी, रवि शेरचन, विशाल कुँवर राना, गोपाल प्रसाद आचार्य, गोपी बुढा, गंगा न्यौपाने (थापा), चक्रपाणी लम्साल, मनोज कुमार कौशल, राजेन्द्र कुमार गोडिया, वसिम अन्सारी, ताहिर शेष राई (साहिल),

चन्द्र खनाल, चांदनी आचार्य, चिरञ्जीवी ओली, चेतकान्त भट्टराई, जन्मेजय प्रताप सिंह, जे. पाण्डे, टेकेन्द्र बस्याल, टंक प्रसाद शर्मा, डबल बहादुर महतरा, दिनेश गौतम, दिनेश पाण्डे, दीपा आले, दुर्गा वि.सी., दुर्गा रोकाय, ध्रुब वि.सी., नन्द देवकोटा, निलम आरसी कर्ण, नबिन गिरी, नरेन्द्र जंग पिटर, रेशम बिरही, विद्यु प्रसाद कायस्थ, निसा शाह, पवन जयसवाल, पवन थापा, प्रदीप वाग्ले, प्रियास्मृति ढकाल, पुष्पराज खतिवडा, प्रेम बहादुर के.सी., प्रेरणा तामाङ, विनयराज त्रिपाठी, विनोद अधिकारी, विनोद पौडेल, विनोद भट्टराई, विमल चन्द, बिमला चौधरी, विरेन्द्र प्रकाश पुन, विश्वराज पछलङ्गया, बिष्णु बेल्वासे, कुमारी चौधरी, भरत शर्मा, भिम पौडेल, भूमि भण्डारी, श्रृजना आचार्य, भेषराज बस्नेत, माधव अधिकारी, मिना शाही, मुना श्रेष्ठ, मो. अरशद शेष राई, यदुराज मिश्र, राजकुमार श्रेष्ठ (कुमार), राजेश आचार्य, राजेश मिश्रा, राधा महत, राधेश्याम चौधरी, रुपा गहतराज, लक्ष्मण सापकोटा, लक्ष्मी पाण्डे, शकील अहमद कादरी, शकील खान, सन्तोष चौधरी, सन्तोष पौडेल, सन्तोष रेग्मी, सन्ध्या शर्मा, शरण कर्माचार्य, पोषण के.सी., शरद शर्मा, सरोज रेग्मी, स्मृति गिरी, सिराजुद्दीन खान,

सुनीता बर्मा,सुनील गुप्ता, सुमित्रा चौधरी, सूर्यलाल यादव, सुलोचना चौधरी, शेर बहादुर के.सी., दीपक गुप्ता, श्रीधर सुवेदी, हरि प्रसाद ज्ञवाली, हिमाल गैरे, हुमहरी भट्टराई, हेमन्त वि.क., हेमलता जिसी, क्षितिजा जिएम, सरला सुवेदी, गणेश वि.क., कमला हमाल, मनीष पाण्डे, मो. इरफान, नन्दलाल साहू, गुलाम जिलानी, जियाउल मुस्तफा, तिर्थ जैसी, विद्या चौधरी, रवि रोकाय, रुबिया साई, सरस्वती ज्ञवाली, राम वि.के., डम्बर पुन, बिष्णु शाही, समिरमान श्रेष्ठ, शतीस शर्मा, सगुन शर्मा, मधुकुमारी खड्का, आलम खान, शिव सुनार, निर्मल आचार्य, तिलक बहादुर नेपाली, डक्ट प्रसाद धिताल, मुस्ताक अहमद जसगढ, तुफान न्यौपाने, सुशील शर्मा, मो. हसन हलवाई, विनय दिक्षित, गोमा परियार, रेजिना मल्ल, पवित्रा परियार, स्व. स्वामी प्रसाद वैश्य, केशव राना, रमेश चन्द्र कुमाल, विजय मल्ल, शोभा के.सी., हरि के.सी., भगतराम थारु, क्षेत्रनाथ देवकोटा, दिल बहादुर खत्री, हेमन्त चौधरी, देवेन्द्र राज पौडेल, योगराज चौधरी, सुनील रेग्मी, सावित्रा गिरी, प्रेम सिंह सुनारलगायत रहेका छन् ।


यस वर्ष केही नयाँ पत्रकार पनि यस जिल्लामा उपस्थिति देखा परेको छ । यि पत्रकारहरु हुन पवनकुमार चौधरी, निशापरियार चौधरी, सरिता जिसी, कृष्ण चौधरी, शंकरप्रसाद खनाल, वीपी अधिकारी, गुलामहैदर हलुवाई, रचना परियार, लोकमान रवै, अनिता पटेलपटहर, अकमद मुस्ताकहलुवाई, इन्दिरा बस्तोल, गजे थापा, अब्दुल करिम, पूर्णकला खत्री, सुविना थारु, निर्मला चौधरी, डिल्ली शाही, ईश्वरी पौडेल, गंगाधर पौडेल, राजु चौधरी, समिर शाही, विक्रम बुढाक्षेत्री, बिन्दु विसी, विष्णु डाँगी, मधुर पौडेल, विवेक रेग्मी, धर्म गौतम, जीवनसिंह ठकुरी, मोविनुदेव सिद्धिकी, लक्ष्मी तिमिल्सिना, रामचन्द्र पौडेल, स्मृति देवकोटा, रामगोपाल विश्वकर्मा,

दीपेन्द्रकुमार शाही, सजनकुमार आरसी, दिलबहादुर खत्री, खगेन्द्रप्रसाद आचार्य, खिमप्रसाद घिमिरे, निता शाह, प्रतिमा बस्याल, सुशीला शर्मा, शिवराज साहु, निरज सिंह, रजनीकुमारी मोची, टोपेन्द्र रोकामगर, प्रदिन शर्मा, लोकमाया सुवेदी, पूर्णचन्द्र सुवेदी, सपना कुँवर, सन्तोषकुमार विष्ट, शम्भु थारु, आशु श्रेष्ठ, माया अधिकारी, कृष्णराज अधिकारी, जयपति ढकाल, रविन्द्र घिमिरे, किशोर विष्ट, जविद अहमदसाह, चन्द्र बोहोरा, रामबहादुर वलीक्षेत्री, जविद हलुवाई, दिपेश आचार्य, गौरव गिरी, सौरभ गिरी, हरिशरण अधिकारी, दिपक शर्मा, जागेश्वरसिंह थारु, रवि कडोरिया, हेमराज भाट, मनप्रसाद भण्डारी
२०७६ साल फागुन महिनासम्म बाँकेको पत्रकारिताको स्थिती ठीक ठाक ढंगले चली रहेको थियो ।

तर वैश्विक महामारी नोभल कोरोना भाईरसको संक्रमण बाँकेमा पनि फैलिन थालेपछि अन्य क्षेत्र सँगै पत्रकारिता क्षेत्र पनि यो संक्रमणबाट अछुतो रहन सकेन । २०७६ चैत्र ११ गतेदेखि भएको लकडाउनको कारण पत्रकारिता क्षेत्रको आर्थिक अवस्था कमजोर बनायो । यस समय सरकारले कोरोनाको अगाडी हात खडा पा¥र्यो । पत्रिकाहरुलाई बचाउन त्यसले सहयोग पार्नु पथ्र्यो तर त्यसले कोरोनाको आडमा पत्रिकाको अवस्था धरासाई पार्ने खेल खेल्यो । यस समय सरकारले रेड कार्ड, प्रेस पास नविकरणको लागि सम्बन्धित हुलाक कार्यालयबाट त्यस्तो प्रेस पास, रेड कार्ड नविकरण गर्ने सुविधा दिनु पथ्र्यो तर यो कार्य त्यसले नगर्दा बाँकेका तमाम पत्रकारको रेड कार्ड, प्रेस पास कागजको खोस्टो बनेका छन् ।


यसै समयमा पत्रिकाले कोरोना कालको जोखिम मोलेर पत्रिका प्रकाशित गरे तर सरकारले लोककल्याणकारीको भुक्तानी रोकेको देखिन्छ । सरकारको यस्तो नीतिले गर्दा अहिले बाँकेको पत्रिका धरासाई अवस्थामा छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित कालपृष्ठ दैनिक पत्रिका बनेको देखिन्छ । भर्खरै पत्रपत्रिकाहरुलाई मर्कामा पार्न सूचना तथा सञ्चार प्राविधि मन्त्रालयले हुलाक कार्यालयबाट हुने गरेको पत्रिका वितरण गर्दा त्यसमा अनिवार्य हुलाक टिकट टाँस्नु पर्ने प्रावधानले गर्दा अहिले यहाँ पंचायतकाल फर्काइएको बोध हुन्छ । स्मरणीय छ पंचायतकालमा यसै प्रकार पत्रिका वितरणमा हुलाक टिकट टाँस्नु पर्ने प्रावधान थियो ।


बाँके जिल्लाको पत्रकारिताको इतिहासको लेखनीको गर्दा नेपाल प्रेस इन्स्टिच्यूटबाट नेपालगंजमा स्थापित क्षेत्रीय संचार स्रोत केन्द्रको उल्लेख गर्नु आवश्यक हुन्छ । केन्द्रले विगतमा जसरी पत्रकारहरुलाई विभिन्न प्रशिक्षण र पत्रिकाहरुलाई विभिन्न प्रशिक्षण र पत्रिका प्रकाशित गर्ने सहयोग ग¥यो यस कुराको अनदेखा गर्न सकिदैन । सन १९९५ सालमा नेपाल प्रेस इन्स्टिच्यूटले सुर्खेत रोडमा प्रेस संचार स्रोत केन्द्र नेपालगंजको स्थापना गरेको थियो । यही केन्द्रबाट प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त, प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य, प्रेस स्वतन्त्रता सेनानी मो. लियाकत अली सिद्दिकी जस्ता अग्रज पत्रकारहरुले विभिन्न पत्रकारिताको तालिम लिनु भएको थियो । यसै केन्द्रबाट पूर्णलाल चुके, मो. हारुन हलवाई, स्व. रहिश अहमद सिद्दिकी, अजय कुमार गुप्ता, कुन्तल राज शर्मा, विशाल कुँवर राना, मोहना अन्सारी, दीक्षा कोईराला, अनुषा ढुगाना जस्ता अनगिनत पत्रकारहरुले विभिन्न तालिम प्रशिक्षण लिएर पत्रकारिता क्षेत्रमा लागेको पाईन्छ ।


त्यस समय प्रकाशित भई रहेका पत्रपत्रिकाहरुसँग आफ्नो कम्प्युटर, प्रिन्टर थिएन स्व. पन्नालाल गुप्ता जीको आफ्नै प्रेस रानी तलाऊ टोलमा थियो । अतः उहाँ आफ्नो सरस्वती प्रिन्टिङ्ग प्रेसमा बसी आफै पत्रिका कम्पोज गर्ने र छपाई गरी आफै नै पत्रिका वितरण गर्न बजारमा पुग्ने गर्नु हुन्थ्यो । यस समय पत्रपत्रिकालाई व्यवस्थित ढंगले प्रकाशित गर्ने पहल क्षेत्रीय संचार स्रोत केन्द्र नेपालगंजले ग¥यौ । आफ्नो यहाँको कम्प्युटरबाट पत्रपत्रिका टाईप गर्ने र कम्प्युटर ले–आउट गरी अफसेट प्रेसमा छपाउने सुविधा दिईयो ।

यहाँका किरण साप्ताहिक, आजको सामना साप्ताहिक, संकल्प साप्ताहिक, शंखनाद साप्ताहिक, नशेमन साप्ताहिकलगायत पत्रिका सेटिङ्ग भई पछि अफसेट प्रेसमा छाप्न जाने गथ्र्यो । केन्द्रमा मो. आरिफ अन्सारी सो समय पत्रपत्रिका टाईप गरी ले–आउटसम्म गर्ने जिम्मेवारी पाएका थिए । यस केन्द्रमा पहिलो क्षेत्रीय प्रबन्धक भई आए तोया गौतम, पछि राजन छतकुली, हस्त गुरुङ्ग, यम बहादुर पिताम्बर कडेल क्षेत्रीय प्रबन्धक भई कार्य गरे । २०५२ सालमा केन्द्रको क्षेत्रीय प्रमुखमा कार्यरत भए मो. आरिफ अन्सारी । उनी आजसम्म त्यहाँ क्षेत्रीय प्रमुख भई कार्य गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *