Monday, April 13सत्यम खबर
Shadow

महिला दिवसमा जसपा महिला संघद्वारा र्याली

नेपालगन्ज, २५ फागुन – १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जसपा महिला संघ बाँकेले “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ नेपालगन्जमा र्याली निकालेको छ ।
जसपा पार्टी कार्यालयबाट निस्केको र्याली त्रिभुवन चोक हुंँदै जिल्ला प्रशासन कार्यालय अगाडी गएर कोण सभामा परिणत भएको थियो ।


कोण सभामा जसपा बाँके महिला ईन्चार्ज उषा गौतम महिला नेतृहरु तरन्नुम बानो ढपाली मीरा श्रेष्ठ एकता नेपाली अनिता गुरुङ्ग बसन्ती नेपाली मीना बुढाक्षेत्री लगायतले वर्तमान अवस्थामा महिला हकअधिकारी बारे बोल्नु भएको थियो ।
जसपा महिला संघको बाँकेको अध्यक्ष दिपा राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सम्झना मान्नधरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *