Monday, April 13सत्यम खबर
Shadow

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुँदा मदरसाको विद्यार्थीहरु अवसरबाट वञ्चित

समीर अली बेहना,
नेपालगन्ज, २५ फागुन – मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा मदरसामा पढ्ने विद्यार्थीहरु विभिन्न अवसरबाट वञ्चित भएका छन् ।
सोमबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका जैसपुरमा रहेको मदरसा जामिया आरफिया दारुल उलूममा भएको धार्मिक उत्सवमा वल्माए अहले सुन्नतले यस विषयलाई लिएर निकै खेद प्रगट गरेको छन् । इस्लाह–ए मुवासरा र जश्ने दस्तारबन्दी भनेर गरिएको उत्सवमा मदरसाको विद्यार्थीलाई दोसाला ओढाएर पवित्र किताब कुरानको हाफिस भनेर सम्मान गरिएको थियो ।


उक्त कार्यक्रममा भारतको विभिन्न वल्माहरुको उपस्थिति रहनुका साथै नेपालको विभिन्न जिल्लाहरुको वल्माहरुले समेत सहभागिता जनाएका थिए । मदरसा जामिया आरफिया समितिका अध्यक्ष गुलाम वारिस जसगढले भन्नुभयो– भारत, पाकिस्तान, इजिप्ट, साउदी अर्बिया लगायतको देशमा मदरसा शिक्षाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । जसले गर्दा नेपालमा समेत मदरसा बोर्ड स्थापना गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । विदेशमा पढेर आउने नागरिकहरुले नेपालमा विभिन्न अवसरहरु प्राप्त गरेको हुन्छन् । तर नेपालको शैक्षिक प्रणालीमा त्यस्तो कुनै ब्यवस्था नरहेकोले यहाँ पठन–पाठन गर्ने विद्यार्थीहरुले नेपालभन्दा बाहिरको देशमा कुनै अवसर पाएको छैनन् ।


उहाँले भन्नुभयो– नेपालको शैक्षिक प्रणालीमा सुधार गरि अन्य देशमा समेत एकुभ्यालेण्ट गर्ने ब्यवस्था मिलाउन जरुरी छ । नेपालको मदरसाहरुलाई समेत अन्तर्राष्ट्रिय मान्यता दिनुपर्छ । मान्यता प्राप्त भएपछि नेपालको मदरसा शिक्षाको विकास र बाहिरबाट पढ्न आउनेहरुको संख्यामा निकै बृद्धि हुनेछ भन्ने उहाँको भनाइ थियो । जसगढले भन्नुभयो– यस कार्यले देश र शिक्षा दुबै क्षेत्रको विकासमा टेवा पुग्न सक्छ । अन्य देशमा मदरसा शिक्षालाई तह अनुसारको प्रणालीमा राखेर शैक्षिक विकास गरिएको पाएपनि नेपालमा हुन सकेको छैन । जबकी मदरसाका विद्यार्थीहरुको शैक्षिक स्तरलाई कुनै पनि क्षेत्रमा पछाडी परेको देखिँदैन ।


उक्त उत्सवलाई सम्बोधन गर्न भारतका वरिष्ठ सूफी सय्यद रिजवान मियाँ विल्ग्राम सरीसबाट आउनु भएको थियो । उहाँले मुस्लिम समुदाय शिक्षामा पछाडी पर्नुको कारण मान्यतालाई बताउनु भयो । उहाँको अनुसार मदरसा शिक्षाले पनि उत्तिकै मान्यता प्राप्त गरेपछि मुस्लिम समुदायको युवा तथा बालबालिकाहरु पढाई तिर केन्द्रित हुने बताउँदै तीन जना मदरसाको विद्यार्थीहरुलाई दोसल्ला लगाइ हाफिज भएको भनी घोषणा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *