नेपालगन्ज, २० फागुन – जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा रहेको एकता शिक्षा समाज कल्याण संस्थाले प्रथम वार्षिकोत्सव विविध कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।
एकता शिक्षा समाज कल्याण संस्थाले पोचपोखरामा सरसफाई गरी स्वस्थ्य सचेतना फैलाउनुका साथै कोभिड–१९ को रोकथामका लागि मास्क वितरण गरिनुका साथै बृहत भण्डारा कार्यक्रमको आयोजना गरि मनाएको छ ।
प्रथम वार्षिकोत्सवलाई भब्य बनाउन साँस्कृतिक कार्यक्रमका साथै आमन्त्रित अतिथिहरुलाई कदर र सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सोहराब खा“ले संस्थाको विकासका बारेमा आफ्नो धारणा राखेका थिए । त्यस्तै मोहम्मद रजा राईलगायतले संस्थालाई आउने दिनमा कसरी समाजबीच चिनाउन र सामाजिक उपलब्धि दिलाउने सम्बन्धीमा मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष सकिल अहमद राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जानकी गा.पा. वडा नं. १ का वडाअध्यक्ष मोहम्मद रजा राई, लुम्बिनी प्रदेश सदस्य सोहराब खा“, संस्थाका सल्लाहकार उमेशनाथ मिश्रा, संस्थाका पदाधिकारी मोहम्मद उमर तेली, पवनकुमार वर्मा, ईरफान बागवान, रोहितकुमार मिश्रा, राकेशकुमार राढ, प्रियंका मिश्रा, निलु मिश्रा, फरमान साँईलगायत करीब ४ सय बढीको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन संस्थाका सहसचिव रोहितकुमार मिश्राले गरेका थिए भने स्वागत मन्तब्य प्रियंका मिश्रा, निलु मिश्राले गरेका थिए ।