
खजुरा, १० फागुन – खजुराका स्थानीय सरोकारवालाले सामाजिक हानिकारक लैङ्गिक मूल्य मान्यताले अझै पनि समाजमा नकारात्मक प्रभाव पारेको बताएका छन् ।
भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप) र अक्सफाम नेपालको साझेदारीमा सन्चालित“स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना” अन्तर्गत लैङ्गिक मूल्य मान्यता, स्याहार कार्य बारे स्थानीय सरोकारवाला र सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन ।
सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्गले लैङ्गिक मूल्य–मान्यता र स्याहार कार्य बारे प्रशिक्षण दिनु भएको थियो ।
त्यसैगरी खजुरा गाउँपालिका महिला शाखा प्रमुख सुशिला न्यौपानेले लैङ्गिक हिंसा र लैङ्गिकताको अवधारणा बारे प्रष्ट पार्नु भएको थियो । बि–ग्रुपका मनोविमर्शकर्ता हेमकुमारी बिसीले मनोसामाजिकको समस्या पहिचान र समस्या समाधान कसरी गर्ने भन्ने बारे प्रशिक्षण गरेकी थिईन् ।
सो अन्तरक्रिया कार्यक्रममा खजुरा गाउँपालिकाका आठ वटै वडाका महिला सदस्यहरु, सञ्चारकर्मी, बाल क्लबको पदाधिकारी, शिक्षक, महिला स्वयंसेविका, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समुह (बि–गु्रप)ले अक्सफाम नेपालको साझेदारीमा खजुरा गाउँपालिकाको वडा नं.१, २, ३, ४ र ८ मास्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सञ्चालन भएको छ ।
कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कमगर्न र स्वच्छता र स्वास्थ्य व्यवहारमा दिगो सुधार गर्नका लागी साथै लैङ्गिकताको आधारमा घर र समुदाय स्तरमा घरायसी कार्यमा महिला र पुरुषको समान सहभागिताको लागि प्रोत्साहित गर्ने परियोजनाको उद्देश्यरहेको बि–ग्रुपका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।


