Monday, April 13सत्यम खबर
Shadow

भागरथी घटनाका दोषीमाथि कारवाहीको माग

नेपालगन्ज, २७ माघ – बैतडि जिल्ला दोगसुडाकेदार गाउँपालिका वडा नं.७ चडेपानी निवासी १२ कक्षामा अध्ययनरत बर्ष १७ कि किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाप्रति अन्र्तपार्टी महिला संजाल बाँकेको ध्यानाकर्षण भएको जनाएको छ ।
अन्तरपार्टी महिला संजाल बाँकेका सचिब अछरी पोखरेल र अध्यक्ष अम्बीका काफ्लेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ ः माघ २१ गते बुधबार २ बजेसम्म श्री सनातन धर्म मा.वि.श्रीकोटमा रहेकी बिहान विद्यालय गएकी उनको माघ २२ गते विहिवार अपरान्ह रगतले लतपत भएको घाउ चोटपटक सहितको शब विभत्स अवस्थामा सडकमुनी झाडीमा फेला परको छ । बलात्कार पछि हत्या भएको यो दुःखद घटनाको ७ दिन भइ सक्दा पनि स्थानिय प्रशासनले अपराधि पत्ता लगाउन नसक्नु दुःखद कुरा हो । प्रहरीले समेत बलात्कार पछि हत्या भएको भनिरहेको भनेको छ । यो अवस्थामा यो दुःखद एवं विभत्स घटना र घटनाको अनुसन्धानमा देखिएको ढिलासुस्ती र उदाशिनता प्रति अन्तरपार्टी महिला संजाल बाँकेको गम्भीर ध्यानकर्षण भएको छ । सत्यतथ्य पत्ता लगाइ पीडितलाई न्याय र पीडिकलाइ कानुन बमोजिमको कारबाहि होस भनि संजालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


‘यस घटनाको सत्य तथ्य छानविन गरी अपराधि पत्ता लगाइ अपराधिलाइ कानुन बमोजिमको कारवाहि होस भनि संजाल जोडदार माग गर्दछ । साथै बलात्कृत बालिकाका आफन्तलाइ उचित क्षतिपुर्ति दिनको निम्ति सरकारसंग अपिल गर्दछौं । निधन भएकी किशोरी भागरथी भट्ट प्रति भाबपुर्ण श्रद्धान्जली साथै यस शोकको घडिमा कशोरीका परिवार प्रति गहिरो सम्बेदना व्यक्त गर्दछौं । महिला तथा बालबालिका माथि अत्याधिक मात्रामा हिंसा बलात्कार र हत्या लगायतका अपराधिक घटना बढि रहेको बर्तमान परिपेक्षमा यो देशमा महिला तथा बालबालिकाहरु ढुक्कसँग हिडडुल गर्न, विद्यालय जाने, आफ्नो गाउ“मा बाच्न सक्ने वातावरण नभएको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइ जनतालाई शान्तिपुर्ण जीवन यापनको वातावरण सृृृजना गर्न अन्तरपार्टी महिला संजाल सरकार समक्ष जोडदार माग गर्दछ’ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै आगामी दिनमा यस प्रकारका घटना नदोहोरीन तर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत घटनाको सत्यतथ्य उजागर गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । दोषीमाथि कानुन बमाजिमको कारवाहि गर्न र पीडित परिवारको सुरक्षा तथा हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउ ज्यानको सुरक्षा र मानवअधिकारको गम्भीर उलंघन भएको ठम्याइ छ । आगामी दिनमा यस्ता खालका घटना दोहोरीन नदिन तर्फ अन्तरपाटी महिला संजाल बाँके सरकारसंग जोडदार माग रहेको जारी विज्ञप्तीमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *