कोहलपुर, १६ माघ – बाँकेको कोहलपुर जेसीज वर्ष २०२१ ले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।
सहिद दिवस दिवसको अवसर पारी जेसीजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तादन गरेको कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन् ।
कोहलपुर जेसीज वर्ष २०२१ को आयोजना, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम रक्त सञ्चार ईकाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सासोईटी उपशाखा कोहलपुरका सभापति नारायणप्रसाद गौडेलले यूवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासका लागि सक्रिय रहेको जेसीजले सामाजिका कार्यहरुलाई विशेष जोड दिएकोमा खुशि व्यक्त गरेका छन् । साथै उनले रगत अभावकै कारण कसैको जीवनमा कुनै समस्या नआउनका लागि जेसीजले रक्तदान कार्यक्रमको आयोजना गर्नु राम्रो भएको बताउँदै जेसीजसँग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले सहकार्य गरिरहेको जानकारी समेत दिएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष रामप्रसाद पाण्डेले जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै जेसीजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका छन् ।
रक्तदान कार्यक्रममा सहभागित भई रक्तदान गर्नेहरुलाई विशेष धन्यवाद दिँदै जेसीज अभियानमा सबै यूवाहरु लाग्नु अनुरोध समेत गरेका छन् ।