नेपालगन्ज, २ माघ – लोकतान्त्रिक वैचारिक प्रतिष्ठान बाँकेको संयोजकमा सत्यमखबरका कानुनी सल्लाहकार अधिवक्ता पुर्णप्रसाद ढकाललाई मनोनित गरिएकाे छ ।
लोकतान्त्रिक मुल्य, मान्यता र बिचार मार्फत प्रजातान्त्रिक पद्धति र संस्कारलाई राज्य तथा आम नागरिक स्तरमा पुर्याउने उद्देश्यले स्थापित प्रतिष्ठानले जिल्लाहरुमा संगठन बिस्तारको कार्यलाई तिब्रता दिने क्रममा शुक्रबार अधिवक्ता ढकाललाई संयाेजकमा मनाेदिन गरेकाे जनाएकाे छ ।
प्रतिष्ठानको केन्द्रीय समितिको निर्णय अनुसार अधिवक्ता ढकाललाई जिल्ला संयोजकमा मनोनित गरेकाे अध्यक्ष रामचन्द्र पौडेलले जानकारी गराउनुभयाे ।