Friday, November 22सत्यम खबर
Shadow

विपन्न समुदायमा सचेतनामुलक कार्यक्रम

नेपालगञ्ज माघ २५ गते । विपन्न तथा लोपोन्मुख जातिलाई लक्षित गर्दै खजुरा गाउँपालिका वडा न ४ मा खानेपानी तथा सरसफाई समवन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । खजुरा गाउँपालिकाको सहयोगमा राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालद्धारा शनिवार खजुरा गाउँपालिका वडा न ४ भण्डारियामा सचतेनामुलक कार्यक्रम गरिएको हो । मुस्लिम, मधेशी र विपन्न समुदायका महिला, पुरुषको सहभागिता रहेको कार्यक्रममा शुद्ध खानेपानीको अवस्था र आवश्यक्ता तथा सरसफाईका विषयमा सहजीकरण गरिएको थियो । वडा न ४ का वडाअध्यक्ष तिलकबीर सुनारले खानेपानीको उचित व्यवस्थापनमा क्रियाशिल रहेको भन्दै एक वर्षभित्रै शुद्ध खानेपानीको व्यवस्था गरिने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरसफाईका लागि कार्यक्रमको आशा गर्नु भन्दा स्वयं सफाइलाई महत्व दिन आग्रह गर्नु भयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भक्त बहादुर देवकोटाले स्थानीय जनताको एकता र सहकार्यले नै शुद्ध खानेपानी र सरसफाई हुने भन्दै यसलाई प्राथमिकता दिनु अपील गर्नु भयो । लोपोन्मुख जातिका अध्यता एवं पत्रकार शुक्रऋषि चौलगाईले लोपोन्मुख जातिमा खानेपानीको अवस्था, प्रयोग र सरसफाई बारे प्रकाश पार्नु भएको थियो । राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी अधिकारीले कार्यक्रमको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्दै विपन्न जनताकैबीच थप कार्यक्रम सञ्चालन गरिने पनि विश्वास दिलाउनु भयो । प्रतिष्ठानका संस्थापक उपाध्यक्ष एवं तालिम प्रमुख भरत अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा हातधुने तरिका समेत सिकाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *