Thursday, November 21सत्यम खबर
Shadow

हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

बाँके माघ २५ गते । बाँके लगायत देशका विभिन्न जिल्ला हरुमा शनिवार देखी हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु गरीएको छ ।
माघ २५ गतेदेखी फागुन ७ गते सम्म अभियानको रुपमा यो कार्यक्रम सन्चालन गरीएको छ ।
शनिवार २४ गते पहीलो दिन विभिन्न पालीका हरुमा बुथ निर्माण गरी औषधी खुवाउने कार्य भइरहेको छ, भने भोली बाट घरघरमा गएर स्वास्थ्य स्वयंम सेवक हरुले औषधी खुवाउने छन ।
बाँकेका ८ वटै स्थानीय तहले यो अभियान लाई साथ दिएर लागेका छन । यदी कसैले हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गर्दैनन् उसलाई पालीका बाट हरेक सेवा सुबिदा बाट बन्चित गर्ने निर्णय समेत गरी सकेको छ । बाँकेमा नवौ पटक यो औषधी खुवाउदा पनी यो प्रकोप कम नभएपछी दशौ पटक औषधी खुवाउन परेको जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाही ले बताए । उनले भने हात्तिपाईले औषधी सेवनमा नकारात्मक टिकाटिपनी उठाएर यो औषधी सेवन नगरी दिँदा प्रकोप निवनीकरण गर्न कठीन भएको छ । यो बाट बच्न औषधी सेवन मात्र एक विकल्प रहेको समेत जनाए ।
बाँकेमा करीव ४ लाख सर्वसाधारणलाई यो औषधी खुवाने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *