Sunday, April 19सत्यम खबर
Shadow

अपडेटः बुधबार ४ सय ४५ जना संक्रमित थपिए

काठमाण्डौ, २९ पौष – २४ घन्टामा नयाँ संक्रमित ४ सय ४५ थपिएका छन् । आज ४ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।
हालसम्म २ लाख ६६ हजार १ सय ४३ संक्रमित भएपनि २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ४ सय ३४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।


कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ९ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म १९ लाख ९७ हजार ९ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या २ सय ३७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *