
नेपालगन्ज, १८ पौष – मानव अधिकार तथा शान्ती समाज, बाँके जिल्ला शाखा नेपालगन्जको शनिबार सर्वसम्वत प्रभाकर भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमकुमार शर्मा, सचिवमा देवेन्द्र नाथ शुक्ला, कोषाध्यक्षमा मोहम्मद जहीरुल हक जीनू, र सहसचिवमा अल्पनाकुमारी गुप्तालाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः यशोदा नेपाली, नमिता श्रेष्ठ, संदीप कश्यप, जगदम्बाप्रसाद पाठक, घनश्यामकुमार वैश्य र नीलम शर्मालाई चयन गरिएको छ ।
नव निर्वाचित कार्य समितिले लगतै बैठक बसी थप चार जना अन्य सदस्यहरु मनोनयन गरी कार्य समितिलाई पूर्णता दिएको थियो । मनोनीत सदस्यहरुमा चन्दा सिंह कसेरा, मेघबहादुर बिष्ट, सावित्री बि क.र गोमा आचार्य रहनुभएको छ ।

पूर्व सभापति एवं उपाध्यक्ष समेत रहेका निर्वाचन अधिकारी पवनकुमार गुप्ताले शान्तीपूर्वक निर्वाचन सम्पन्न गराउनु भएको थियो ।
अधिवेशनको अध्यक्षता कृष्णादेबी पाण्डेले गरेकी थिईन भने आजीवन सदस्य रमेशचन्द्र कुमालले स्वागत मन्तब्य व्यक्त गरेका थिए तथा कार्यक्रम सञ्चालन पूर्व सचिव बिष्णुलाल कुमालले गरेका थिए ।
