
नेपालगन्ज, १८ पौष – नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना बरिषठ पत्रकारलाई सम्मानित गरेको छ ।
महासंघ बाँके शाखाले शनिबार कोहलपुरमा आयोजना गरेको १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना बरिष्ठ पत्रकारलाई सम्मानित गरेको हो ।

साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा योगदान पु¥याउनु भएको भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, बरिस्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सीलाई दोसल्ला, प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेको छ ।
महासंघ बाँके शाखा नेपालकै प्रथम शाखाको रूपमा रहेको छ । बहुदलिय व्यवस्था स्थापनार्थ खोलिएको संस्थापक बताउँछन् ।
