
नेपालगन्ज, २९ मंसिर – सोमबार बाँकेका थप २० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेका ५ महिला र १५ पुरुष गरी थप २० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।

उनीहरुलाई मंसिर १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
विभिन्न आइसोलेसन केन्द्रमा १ सय ३८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ४ हजार १ सय ६३ रहेको छ भने १५ महिला र २६ पुरुष गरी जम्मा ४१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको फोकल पर्सन तेज वलीले जनाउनुभयो ।
