
नेपालगन्ज, २४ मंसिर – बाँकेमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा रहेका ३ वटा ल्याबमा गरिएको परीक्षणमा १० महिला र ७ पुरुष गरी १७ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल ल्याबमा १२ जना, बागेश्वरी ल्याबमा १ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा ४ जना गरी १७ जनामा भाइरस संक्रमण देखिएको छ ।

बाँकेमा हालसम्म ४ हजार ९३ जनामा कोरोना संक्रमित देखिएमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६४ गरि जम्मा १ सय ३ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ८ सय ७४ जना उपचार पश्चात डिस्चार्ज भई सकेका छन् । जिल्लामा हाल १ सय ७९ जना सक्रिय संक्रमित उपचाररत रहेको फोकलपर्सन वलीले बताउनुभयो ।
