
काठमाडौं, १३ मंसिर – देशभर १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन् । साथै, ५ सय १५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
