
नेपालगन्ज, १९ कार्तिक – बाँकेका शतक रक्तदाता पवन जायसवालले कार्तिक १८ गते बुधवार आफ्नो १ सय ११०औं पटकको रक्तदान गर्नु भएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.३ बगनहा निवासी रामकलिया थारु भेरी अस्पताल नेपालगन्जमा उपचार गराई रहेकी छन् । रगतको अभावले गर्दा प्रादेशिक रक्त सत्तचार केन्द्र नेपालगन्जमा पुगेर पवन जायसवालले १ सय १० औं पटकको रक्तदान गर्नु भएको छ ।

पवन जायसवालले रक्तदानको शुरुआत र योगदान पहिलो पटक २०४६ साल असोज ४ गते -२० सितंबर १९८९) को नेपालगन्ज जेसीजको आयोजनामा रक्तदान गर्नु भएको थियो ।
त्यो समयदेखि २०८३ कार्तिक १८ गते सम्म -०४ नवम्बर २०२६) उहाँले ११० औं पटक रक्तदान गरेको पुगेको छ । बाँके र बर्दिया जिल्लामा विभिन्न संघ संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सक्रिय रूपले भाग लिई आईरहेका छन् । बाँके जिल्ला नेपालगंजमा रहेका आमेन्द्र जायसवाल उहाँको मामाले रक्तदान गर्न हौषला प्रदान गर्नु भएको हो ।
