Thursday, November 21सत्यम खबर
Shadow

नरैनापरमा धुमधामका साथ बाल दिवस मनाईयो

बाँके,२९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । गाउँपालिकाको समन्वयमा जय किसान माध्यमिक विद्यालय गँगापुरले बृहत कार्यक्रमको आयोजना गरि मनाएको छ ।
‘सुनिश्चित बाल अधिकार,समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका सहित आयोजना गरिएको बाल दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाएको होे ।

उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको प्लस २ अन्र्तगत कक्षा ११ का विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरिएको थियो भने शनिवार भलीबल खेलमा विजयी भएका खेलाडी विद्यार्थीहरुलाई पुरुस्कार वितरण तथा बिदालय हातामा बृक्षरोपण गरि मनाईएकोबिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बृजेन्द यादवले बताएका छन ।
बाल दिवस कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले अगामी दिनमा बालबालिकाहरुको शिक्षा र अधिकारमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने कुरामा जोड दिए ।

शिक्षा नै विकासको मूल आधार रहेको भन्दै विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयको मूलधारमा ल्याउन सम्पूर्ण अभिभावकहरुलाई आग्रह गरे ।
शिक्षामा रहेका समस्याहरुलाई समाधान गर्न आफु सधैं तत्पर रहेको जिकिर गर्दै शिक्षामा सुधार ल्याउनका लागि गाउँपालिका स्तरबाट जुनसुकै सहयोग गर्न समेत तयार रहेको बताए ।
बाल दिवसको महत्व वर्षमा एक पटक मात्र भेला भई मनाएर नहुने जिकिर गर्दै गाउँपालिका वडा सचिव तथा गाउँपालिका प्रशासन शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले बालबालिकाहरुलाई शिक्षाको मूल धारमा ल्याई उनको समग्र विकासमा जोड दिनुपर्ने बताउँदै भने–“बालबालिकालाई घरपरिवारबाट नै सुधारको बाटोमा ल्याउनु पर्ने, उनीहरुलाई नैतिकताको पाठ, अतिरिक्त क्रियाकलाप, आपसी सद्भाव, आदर्श लगायतको पाठ सिकाउनु पर्ने” बताए ।
महिला तथा बालबालिका शाखाकी कृष्ण कुमारी चन्दले बाल दिवसको महत्व बारे प्रष्ट पर्दै समय समयमा बाल अधिकार सम्बन्धी गतिविधिहरु आयोजना गर्नका लागि विद्यालयसँग आग्रह गरिन् ।

सामाजिक सचेत सरोकार मञ्च स्याक नेपालको सहयोगमा नरैनापुर गाउँपालिकाको समन्वय,महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा जय किसान माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बृजेन्द्र कुमार यादव, प्राचार्य लक्ष्मण तिवारी, नरैनापुर गाउँपालिकाका उपप्रमुख जयन्ती श्रीवास्तव, वडा नं. २ का वडा अध्यक्ष मसुद अली शाह, वडा नं. ६ का वडाअध्यक्ष वीरेन्द्रपाल सिंह, वडा नं. १ र ३ का सचिव लक्ष्मीकान्त मिश्रा, वडा नं. ५ र ६ का वडा सचिव जीवनलाल यादवलगायतको सहभागिता रहेको थियो ।
जय किसान माध्यमिक विद्यालय सँगसँगै गाउँपालिकामा रहेका आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर, महेन्द्र माध्यमिक विद्यालय मटेहिया, आधारभूत नमूना प्रावि जमुनी लगायतका विद्यालयहरुमा बाल दिवसको अवसरमा विभिन्न किसिमका अतिरिक्त क्रियाकलापको आयोजना गरि बाल दिवस मनाइएको नरैनापुर गाउँपालिका प्रमुख शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *