
काठमाण्डौ, २ मंसिर – मंगलबार कोरोनाबाट थप ५ सय २ संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन् ।

योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ ।
थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ । हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ रहेको छ ।
