
नेपालगन्ज, ४ माघ – सुन्दा पनि अचम्भ तर सत्य । हाल बाँके जिल्ला मात्र नभई देश भर पर्यटक भिœयाउन करोडौं रकम खर्च गरिरहेको नेपाल सरकारले भित्रिएका पर्यटकलाई सुरक्षा समेत दिन नसकेको तथ्य बाहिर आएको छ ।
बागेश्वरी यातायात व्यवसायी प्रा.लि. को ठगी गर्ने नयाँ धन्धा यो भन्दा राम्रो अरु के हुन सक्छ ? भारतीय पर्यटक नेपाल भ्रमणमा आउँदा उनलाई लुट्ने हिम्मत कहाँबाट आयो ? सम्बन्धित प्रशासनले निवेदन दर्ता हुँदा समेत हालसम्म किन मौन भई बसेका छन् ? भनी आम नागरिकको प्रश्न रहेको छ भने कतिपयले उक्त विषयलाई सार्वजनिक सञ्जाल फेसबुकमार्फत उठाईरहेका छन् ।
घटना पुस २७ गतेको हो । भारतीय पर्यटकहरु नेपालको प्युठान जिल्लामा रहेको स्वर्गद्वारी मन्दिर दर्शन गर्न बागेश्वरी यातायात व्यवसायी प्रा.लि.सँग आउने जाने गरी मानसरोवर मेट्रो डिलक्स बस नं. ९४९५ लाई बुकि· गरेका थिए । ५५ हजारमा आउने जाने गरी बुकि· गरिएको थियो । जस मध्ये रु. ३२०० एडभान्स समेत उपलब्ध गराईएको पीडितले जनाएका छन् ।
सोही अनुसार उक्त यातायातबाट बुकि· भए बमोजिम बाँके जिल्ला डुडुवा गाउँपालिका वडा नं. १ बाट ५६ जना यात्रुहरुलाई गन्तब्यसम्म पुराउन पुस २७ गते बसबाट यात्रा शुरु गरिएको थियो । हामी यात्रुहरुबाट बाँकी रहेको रु. ५१ हजार ८ सय उठाई प्रा.लि.का कर्मचारीले हामीलाई दा·को घोराहीमा राती बसबाट झारी अलपत्र परेको बताएका छन् ।
हामीले यातायात प्रा.लि.का कर्मचारीलाई स्वर्गद्वारी मन्दिर दर्शन पछि पुनः नेपालगन्जसम्म फर्किने गरी बुक गरेको गाडीबाट किन झार्न खोज्नु भएको भन्दा तपाईहरु यही झर्नुहोस होइन भने प्रहरी बोलाई थुन्न लगाउँछौं भनी तथानाम गाली गलौज समेत गरी आफ्नो गफमेलका थप मानिसहरुलाई बोलाई हामीलाई गाली गलौच गरी डर, त्रास दिएको बताएका छन् ।
यस विषयमा सम्बन्धित पीडितले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयमा जिउ ज्यानको शान्ति सुरक्षा गरी आवश्यक कारवाही गरी पाउँ भनी जाहेरी समेत दर्ता गरेका छन् ।