Sunday, February 9सत्यम खबर
Shadow

विश्व हिन्दी दिवसमा साहित्यिक कार्यक्रम

नेपालगन्ज, २८ पुस – बाँकेको नेपालगन्जमा विश्व हिन्दी दिवस (२०२५ को अवसरमा बहुभाषिक कविता, बिचार गोष्ठी एवं सम्मान अपर्ण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

महेन्द्र पुस्तकालको सभाहलमा विश्व हिन्दी महासभा नेपाल केन्द्रिय कार्य समिति नेपालगन्ज बाँकेको आयोजनामा सचिव कृष्ण मुरारीप्रसाद भट्टद्वारा सञ्चालित कार्यक्रममा पाँच जना ब्यक्तित्वलाई सम्मान गरिएको छ ।

विश्व हिन्दी महासभा नेपाल केन्द्रिय कार्य समितिका बिष्णुलाल कुमालको अध्यक्षतामा, प्रमुख अतिथि तथा हिन्दी अवधीका वरिष्ठ साहित्यकार सच्चिदानन्द चौवे साहित्य गौरव सम्मान, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेलाई साहित्य शिरोमणि सम्मानका साथै श्यामानन्द सिंहद्वारा बनाएका नेपालगन्जको चित्र, ढाका टोपी, दोसल्ला सहति सम्मान प्रदान गरिएको थियो ।

यसरी साहित्य प्रतिभा सम्मानबाट अर्चना पाठक, साहित्य भूषण सम्मानबाट श्यामानन्द वर्तमान, पत्रकार तथा शतक रक्तदाता पवन जायसवाललाई समाज गौरव सम्मानद्वारा सम्मान गरिएको थियो । सरदार मधई सिंहलाई साफाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, सरदार मधई सिंह, गुल्जारे अदबका सचिव तथा उर्दू साहित्यकार मोहम्मद मुस्तफा अहसन कुरैशी, सैयद असफका रसूल नेपाली, सरदार हरपाल सिंह, सोनाली गुप्ता, बिमला कुमारी यादव, सन्तोषकुमार गुप्ता, श्यामानन्द सिंहले बाँसुरी बजाउनुका साथै रचना वाचन गरेका थिए ।

सो कार्यक्रममा सुशीला बैश्यले लोकगीतद्वारा स्वागत गर्नुभएको कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रलेस लुम्बिनी प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, अधिवक्ता भीमबहादुर शाही लगायतले विश्व हिन्दी दिवसको अवसरमा शुभकामना दिएका थिए ।

यसरी कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्ज अध्यक्ष बलराम यादव, विश्व हिन्दी महासभा केन्द्रिय समितिका उपाध्यक्ष जगदम्बा पाठक, केन्द्रिय सदस्य ज्योति बाल्मिकी, रमेशकुमार यादव, डा. राजकुमार थारु, केशव न्यौपाने, डा.गीता अधिकारी, कृष्णादेवी पाण्डेय, सागर सिंह, शुभम सापकोटा, जमील अहमद हाशमी, पुस्तकालयका लेखापाल स्वामी दयाल गुप्ता, अर्जुन शर्मा, नैन्सी बंशकार लगायत विश्व हिन्दी महासभा कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *