
कपिलवस्तु, १५ पुस – लागु औषध ब्राउन सुगर जस्तो देखिने १ (एक) ग्राम ५० (पचास) मिलिग्राम खैरो धुलो पदार्थ सहित १ (एक) जना पुरुष व्यक्ति पक्राउ परेका छन् । साथै अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेको मुल्य रु. ७,०७,२३२।– बराबरको औषधीसहित एक जना पक्राउ परेका छन् ।
पुस १२ गते बेलुका ६ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ लक्ष्मीनगर स्थितमा पैदल हिड्दै गरेको जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०३ झण्डेनगर बस्ने बर्ष २० का आशिफ शाहलाई रोकी प्रहरीले चेक जाँच गर्दा निजले लगाएको कालो रङको ज्याकेटको दाँया तर्फको बाहिरी साईड गोजीमा कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १ (एक) ग्राम ५० (पचास) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी रितपुर्वक पक्राउ गरी लागु औषध ब्राउन सुगर मुद्दामा सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन् ।
पुस १३ गते बिहान ९ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ लिंकगेट स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा. वडा नं.०४ बस्ने वर्ष ४१ को प्रेमबहादुर नेपालीलाई रोकी चेकजाँच गर्दा निजले साथमा बोकेको जुटको बोरा भित्र औषधी व्यवस्था बिभागको औषधीजन्य चिजवस्तु ओसारपसार गर्ने ईजाजत पत्र नलिई अवैध रुपमा भारतबाट नेपाल भित्राउन लागेका बिभिन्न किसिमका औषधीहरु प्रहरीले बरामद गरेको छ ।
सो औषधिको अन्दाजी मुल्य रु ७,०७,२३२।–(सात लाख सात हजार दुई सय बत्तिस मात्र) बराबरको अबैध औषधी फेला पारी रित पुर्वक बरामद गरी निज प्रेमबहादुर नेपालीलाई समेत रितपुर्वक पक्राउ गरी बरामद औषधी र निज प्रेमबहादुर नेपालीलाई थप आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग बिजुलिबजार काठमाण्डौं पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको छ ।