नेपालगन्ज, १५ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा महिला संघ सर्वसम्मत बिस्तार भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम अनुरूप १०० दिने बिशेष पार्टी संगठन सुदृढिकरण देश ब्यापी अभियान अन्तर्गत आज वडा भेलाबाट महिला संघको पुनर्गठन गरिएको छ ।
नेपाली कांग्रेस बाँके जिल्लाबाट खटिएका१००दिने कार्यक्रम संयोजक प्रमुखअतिथि जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतको उपस्थितमा नेपाली कांग्रेसलाई सशक्त र सुदृढ कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ बृहत चर्चा परिचर्चा भएको छ ।
बुथ कमिटी, टोल समिति, किसान महासंघ, तरुण दल, बिद्यार्थी संघ, महिला संघ लगायत भातृ संगठनका नेता कार्यकर्तालाई आ-आफ्नो भुमिकामा आउन र पार्टी संगठन र समाज प्रति उत्तरदायि हुदै ठुलो मास बेस पार्टीको जरो नै वडा हो र यस जरोलाई बलियो बनाउन वडाका सबै तहतप्काका साथी सकृयताका साथ लाग्नु पर्ने बताए ।
कार्यक्रममा स्थानीय वडा १९ का किसान नेताबाट किसान र कृषि संग सम्बन्धित मल, बिउ बिजन सहज र सुपथ उपलब्धताका लागि सम्बन्धित सरकारमा पहल गरिदिन आग्रह गरे ।
कार्यक्रमका बक्ताहरुमा नगर कावा. सभापति धनराज बर्मा, वडा नम्बर १९ का नेपाल किसान महासंघ सभापति बफाति बेहना रहेका थिए । कार्यक्रमको सभापतित्व वडा १९ का बुथ कमिटी सभापति जंगली बढहीले गरेका थिए । भने वडा-जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रम बाटै वडा नम्बर १९ मा महिला नेतृ डिम्पल थापाको सभापतित्वमा १५ सदस्यीय महिला संघको नेता कार्यकर्ताको सकृयतामा सर्वसम्मत चयन प्रकृया बिधिवत सम्पन्न भएको छ । भने कार्यक्रम सञ्चालन वडाका सचिव पल बहादुर पुनले गरेका थिए ।