Saturday, April 26सत्यम खबर
Shadow

२ किलाे १ सय ६० ग्राम अफिमसहित श्रीमान/श्रीमती पक्राउ

नेपालगन्ज, २६ भाद्र – सीमा क्षेत्रबाट अवैध लागूऔषध ओसारपसार रोक्न र सीमा निगरानी गर्न एसएसबी ४२ भी को कमाण्डेन्ट गंगासिंह उदावतको निर्देशन र कुशल नेतृत्वमा इन्स्पेक्टर सत्येन्द्र सिंह ४२ भी को रुपैडिहाले सघन चेकिङ अभियान चलाएर अफिम बरामद गरेको हो । उक्त लागूओैधन ल्याउने श्रीमान श्रीमतीलाई मंगलबार पक्राउ गरिएको हो ।

एसएसबीका इन्स्पेक्टरले नेपाली महिला र एक पुरुषलाई २ किलो १ सय ६० ग्राम अफिमसहित पक्राउ गरेका छन् । अनुसन्धानका क्रममा लागुऔषधसहित पक्राउ परेका अभियुक्तले पवाङ निवासी ५० वर्षीय बरिलाल घर्ती रहेको बताएका छन् ।

रुकुम जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ का ३९ वर्षीया नरमाया घर्ती र उनकी श्रीमतीको चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अफिमसहित दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद भएको जनाईएकाे छ ।

एसएसबी ४२औं कोर इन्स्पेक्टर सत्येन्द्रकुमार सिंह, सहायक उपनिरीक्षक सन्तोषकुमार विश्वास, उपेन्द्र सिंह, हेड कन्स्टेबल गजेन्द्र सिंह, शकील अहमद अन्सारी, हवल्दार कमलेशकुमार, हवल्दार (महिला) सविता दास, टी. यमुना, सुप्रिया भारती, मोहिनी र कुकुर ह्यान्डलर, मोहम्मद फारुक (कुकुर रान्कोसँग) ले उनलाई पक्राउ गर्न मुख्य भूमिका निभाएकाे जनाईएकाे छ । पक्राउ परेकालाई कानुनी कारबाही अघि बढाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *