Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः देशभर थप ३ हजार ९३ लाई कोरोना संक्रमित

नेपालगन्ज, ४ कार्तिक – मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डारु. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।


त्यस्तै यस अवधिमा २ हजार १ सय ८ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको मन्त्रालयले जनाएको छ ।
थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *