Sunday, March 16सत्यम खबर
Shadow

मानव अधिकार समूहको आयोजनामा मानव अधिकार र मौलिक हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ध्रुब शर्मा
नेपालगन्ज, २७ बैशाख – मानव अधिकार समूहको आयोजनामा मानव अधिकार र मौलिक हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम समूहका अध्यक्ष मो.जाहिर शेष अध्यक्षतामा बुधबार जानकी गाउँपालिको आर्थिक सहयोगमा वडा न.६ मा नेराप्रावि कपासीमा सम्पन्न भएको छ ।
जानकी गाउँपालिका प्रशासकीय अधिकृत दिलबहादुर पौडेलको प्रमुख अतिथ्यिमा भएको कार्यक्रममा मन्तब्यका क्रममा पौडेलको छोटो समयमा मानव अधिकार समूह स्थानिय निकाय सञ्चालित कार्यविधि ऐन अनुसार विधिवत दर्ता भई प्रमाणपत्र प्राप्त गर्न सफल भएको यस संस्थाले समाजमा सचेतना ल्याउन कार्यक्रमको आयोजना गरेकोमा आउने दिनमा नागरिक सचेत भई आफ्ना हक अधिकार उपभोग्य गरेका हुनेछन् विश्वास ब्यक्त गरेको छ ।


मानव अधिकार समूहलाई स्थापना कालदेखि इन्सेकको सहयोग तथा समर्थनमा निर्माण भई विधिवत रुपमा जानकी गाउँपालिकामा बैधानिक रुपमा दर्ता प्रमाण पत्र पाउन सफल भएको बताउनु भयो । आजको यस कार्य स्थानिय स्तरमा पालिकाले गरी रहेको काम कर्तब्य तथा सेवा सुविधा बारे जानकार भई सेवा सुविधा उपभोग गर्ने छन् । संघीय सरकार र प्रदेश तथा स्थानिय तहको नीति नियम कानुन तथा सेवा सुविधाको बारेमा आपूm जानकार भई आफ्नो छिमेकी गाउ“टोेलमा सिकाउने छन् । जसले सहजरुपमा सेवा उपभोग्य गर्न सक्ने छन् । यहाँ कल कारखाना उद्योगहरुले फैलाइ रहेको धु“वा धुलोबाट उत्पन्न हुने प्रदुषणबाट स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गएको त्यसैले आफ्ना तथा दायित्व बुझनु जरुरी छ ।


कार्यक्रममा वडा नंं. ६ का वडाध्यक्ष जगदीशप्रसाद हरिजन, वडासदस्य प्रेमबहादुर लोनिया, स्वास्थ्य शाखा गनापुर इन्चार्ज गोविन्दबहादुर पौडेल, कृषि शाखा, योजना शाखा, प्रहरी चौकी प्रतिनिधी कृष्णबहादुर वोहरा, मेलमिलाप सहजकर्ता राधा विष्ट लगायत विद्यालयका विद्यार्थी तथा शिक्षकहरु समेत ५६ जनाको उपस्थिति सम्पन्न गरेको छन् ।


मानिस जन्मे देखि बाँचुन्जेल सम्म आवश्यकता अनुसार गास, वास, कपास, शिक्षा, स्वास्थ्य तथा मर्यादित रुपमा बाँच्न पाउनु पर्छ त्यसका लागि हामीले पनि आफनो दायित्व पुरा गर्नु पर्दछ । राज्यको तर्पmबाट मानव अधिकारको सरंक्षण सम्वद्र्धनमौलिक हकको ब्यवस्था नेपालको संविधान २०७२ को भाग ३ मा भएको मौलिक हकको ब्यवस्था बारे जानकारी पनि हुनु आवश्यक छ । वातावरण संरक्षण तथा सरसफाई गाउँपालिकाले यस संस्था मानव अधिकार समूहलाई गरेको सहयोगबाट संचलित यो कार्यक्रमले चेतनाको बृद्धि हुने विश्वास लिएको छूँ । कार्यक्रमबारे प्रकास पार्दै मो.जाहिर शेषले बताउनु भयो ।
मानव अधिकार के हो र नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र दायित्व तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धी सम्झौताकानुनी ब्यवस्थाको बारे सहजीकरण गर्दै आगामी दिनमा कसरी मानव अधिकारको समरक्षण तथा सम्वद्र्धन गर्दै स्थानिय निकायस“ग सेवा सुविधा कार्यान्वयन, पहुँचमा बृद्धि हुने सहजीकरण गर्दै टेकनाथ आचार्यले बताए ।


कार्यक्रममा स्वास्थ्य शाखा गनापुरले मधेशी समुदायमा चेतनाको अभाव रहेको जसका लागि यो मानव अधिकार समूह संस्थाले प्रभावकारी भूमिका निर्वाह गरी सहयोग गर्नेछ भनि आशा लिएको स्वास्थ्य शाखाले गरी रहेको काम समस्या भएकाले बताए
सवै जागरुक भई गाउँटोल समाजमा भई रहेको अपराधिक कृयाक्लापलाई रोक्नका लागि सवै लाग्नु पर्दछ र त्यसका लागि सहयोग गरौं समयमा जानकारी गराई कार्यान्वयनका लागि पैरवी गाउँपालिका वडा कार्यालयले सक्रिय भूमिका खेल्न आग्रह गर्दै कार्यक्रमको समापन मो. जाहिर शेषले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *