Sunday, April 19सत्यम खबर
Shadow

महोत्सवको तयारी अन्तिम चरणमा

नेपालगन्ज, ३ पौष – नेपालगन्ज १८ स्थित रहेको सडक बिभाग परिसरमा यही पौष ५ देखी १७ गतेसम्म हुन लागेको छैठौ नेपालगन्ज महोत्सवको तैयारी अन्तिम चरणमा पगेको छ ।
एजी सर्भिस प्रा.लि. नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको संरक्षणमा हुन लागेको कृषि प्रवर्धन पर्यटन, औद्योगिक ब्यापार तथा साँस्कृतिक महोत्सव २०८० को प्रचार–प्रसार तथा स्टाल बुकिंग स्थल निर्माणको कार्य तीब्र रुपमा भई रहेको छ ।


३ लाखभन्दा बढी दर्शकहरुलाई अवलोकन गराउने लक्ष्यका साथ सञ्चालन गर्न लागेको महोत्सवमा विभिन्न तहको राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ ।
तिन सय वटा स्टलहरु राखी सञ्चालन गर्ने महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा पशु पंछी उद्यमी एवं लघु उधमीहरूको लागी छुट्याईएको छ । बिहान १०ः०० बजेबाट सुरु भई साँझा ७ः०० बजे महोत्सव अवलोकन गर्न सकिने सचिवालय संयोजक नन्दबहादुर बुढाले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *