Monday, May 12सत्यम खबर
Shadow

Tag: kdbl news

कर्णाली विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।

कर्णाली विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।

आर्थिक, प्रदेश ५, समाचार
संवाददाता, नेपालगन्ज। मध्य तथा सुदुरपश्चिमकै पहिलो बिकास बैंकको रुपमा स्थानीय स्तरमा बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको बाँके, बर्दिया र दाङ्ग जिल्लामा रहेका १९ वटै शाखा मार्फत घर-दैलोमै बित्तिय साक्षरताको लागि घर दैलो अभियान शुरु गरिएको छ । नेपालगन्ज, बाँकेको नेपालगञ्ज शाखाले नेपालगन्ज उप महा नगरपालिका वडा नम्बर १५ जमुनाह र भन्सार एरियामा घर-दैलो कार्यक्रम गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने बैंकका विभिन्न सेवा सुविधाको बारेमा जानकारी दिदैं बचतको महत्व, कर्जाको सदुपयोग, आधुनिक बैकिङ्ग प्रविधि प्रयोगको महत्व, दुरुपयोग (ठगी) बाट हुने बिभिन्न नकारात्मक पक्ष र यसबाट बच्न अपनाउनु पर्ने उपायहरूका बारेमा बित्तिय सचेतना दिईएको कर्णाली बिकास बैंक का प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहले बताउनु भयो । अभियानमा पैसा के हो, पैसालाई कस...