Tuesday, April 21सत्यम खबर
Shadow

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २२ जनाले गरे रक्तदान

नेपालगन्ज, २७ श्रावण – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने मूल उद्देश्यका साथ एचसीआरसी हस्पिटल नेपालगन्ज, गैर सरकारी संस्था महासंघ नेपाल बाँके र जिल्ला युवा क्लब सञ्जाल बाँकेको संयुक्त आयोजनामा शुक्रवार आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी २२ जनाले रक्तदान गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१० चार बाहिनी रोड स्थित रहेको एचसीआरसी हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा एचसीआरसी हस्पिटलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. कुमार शान शाहले प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका महेश चौधरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो । डा. मञ्जु बिसी शाहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा एचसीआरसी हस्पिटलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. कुमार शान शाह र प्रबन्ध निर्देशक डा. मञ्जु बिसी शाहद्वारा रक्तदान गरी सुरुआत गरिएको थियो । सो कार्यक्रममा मकबूल अहमद मुकेरी, बिष्णुप्रसाद मुकेरी, रियाज खान, मोहम्मद हनीफ खाँ, मोतीलाल थारु, मुकद्दर अली मुकेरी, उमेशकुमार वर्मा, हरी जैसी, अर्पना शाह, मीना नेपाल, आरती घर्तीमगर, डा.कुमार प्राण शाह, तारा सुनार, अस्मिता चौधरी, नेत्र नेपाली, यमुना डाँगी, राहुल चौधरी, मुनीर बागवान, आकाश खडका, शान्ति आचार्य लगायत २२ जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष वर्मा, सचिव राजन वर्मा, एचसीआरसी हस्पिटलका प्रबन्धक रमेश सिटौला, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाकी उपाध्यक्ष निर्मला सुनार, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, बासका निर्देशक हेमराज भट्ट, बासका कार्यक्रम प्रबन्धक मनबहादुर भण्डारी, तपेन्द्र मालती, एचसीआरसी हस्पिटलका कर्मचारी र बिभिन्न संघ संंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, राजेन्द्र महतरा, होमराज गिरी, महेश चौधरी, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *