Thursday, February 13सत्यम खबर
Shadow

नगर अध्यक्ष गुप्तामाथिको कारवाही फुकुवा

नेपालगन्ज, ३ अषाढ – केही समय अगाडी जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शुभम गुप्तालाई जथाभावी कार्य गरेको भनी पार्टीको विधान अनुसार अनुशासन हिनता सम्बन्धी कार्यवाही गरेको थियो ।
उक्त कार्यवाही पछि जनमत पार्टी भित्रै पार्टीका नेता तथा कार्यकर्ताहरुबाट त्यसको विरोध समेत गरिएको थियो । सोही निर्णयलाई सुधार गर्दै आज उक्त कार्यवाही फुकुवा गरेको जनमत पार्टी बाँके ईन्चार्ज तेज नारायण कँडेलले जानकारी गराउनु भएको छ ।
जिल्ला इन्चार्ज कँडेलद्वारा आज आईतबार एउटा विज्ञप्ती जारी गर्दै कारवाही फुकुवा सम्बन्धमा जनमत पार्टी बाँकेले जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शुभम गुप्तालाई मिति २०७९ चैत्र १५ गतेको निर्णय अनुसार अनुशासनको कारवाही गरेको जनाएको थियो । अहिले त्यो समिति नरहेकोले साथै त्यो कारवाही पनि जनमत पार्टीको विधान विपरीत भएकोले आजकै मितिबाट नगर अध्यक्ष शुभम गुप्तालाई पहिलेको जसरी पार्टीको काममा लाग्न निर्देशन गर्दछु । जय जनमत । जय स्वराज । जिल्ला ईन्चार्ज तेज नारायण कँडैलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिको छ ।
यस बारे उपमहानगरपालिका नगर अध्यक्ष शुभम गुप्ताले– विगतमा भएको कारवाहीलाई हाल जिल्ला इन्चार्जद्वाराय फुकुवा गरिएको जानकारी मलाई प्राप्त भएको तथा आउने दिनमा पार्टीको हितमा हुने गरी काम कारवाही अगाडी बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *