Monday, April 27सत्यम खबर
Shadow

चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता : पाकिस्तानी प्रहरी अधिकारी

काठमाण्डौ, १८ फागुन – पाकिस्तानको पेशावर शहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार चीनले पाकिस्तानलाई महत्वपूर्ण सहयोग गर्ने गरेको भन्दै पेशावरका प्रहरी महानिरीक्षक अख्तर हयात खानले प्रहरी अधिकारीलाई सो क्षेत्रमा कार्यरत चिनियाँ कामदार एवम् इन्जिनियरहरुको सुरक्षालाई चुस्त बनाउन समेत निर्देशन दिएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तस्थि नौसेरामा रहेको राशाकाई आर्थिक क्षेत्रको भ्रमणका क्रममा उनले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।

भ्रमणका क्रममा महानिरीक्षक हयातले सैनिक अधिकारी, सरकारी कर्मचारी एवम् विभिन्न परियोजनामा कार्यरत चिनियाँ कामदारसँग भेटवार्ता गरेको डनले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानका विभिन्न स्थानमा चिनियाँ नागरिकलाई लक्षित गरी आक्रमणका घटना बढिरहेका बेला पेशावर सहरका प्रहरी प्रमुखले चिनियाँ नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहने जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *