Monday, April 27सत्यम खबर
Shadow

चीनको हरेक चाललाई असफल बनाउन भारतले बनायो विशेष योजना

मनिषा क्षेत्री
काठमाण्डौ, १५ फागुन – चीन र भारतबीच गत केही समयदेखि सीमा विवाद चलिरहेको छ। सन् २०२० मा प्रथमपल्ट चीनसँग चलिरहेको सैन्य संघर्षका बीच भारतले आफ्नो प्रसिद्ध नौसेना अभ्यास मालाबारमा अष्ट्रेलियालाई समावेश गर्ने घोषणा गरेको थियो। क्वाड देशहरू बीचको सैन्य संलग्नताको सन्दर्भमा मालाबार नौसेना अभ्यासको कूटनीतिक र रणनीतिक महत्वलाई बुझ्न सकिन्छ। यस वर्षको अगस्ट महिनामा पहिलो पटक अष्ट्रेलियामा मालाबार नौसेना अभ्यास हुने भएको छ ।

भारतले यस पटक मालाबार अभ्यासका लागि अग्रिम पंक्तिका युद्धपोतहरूक साथ-साथै P-8I लामो दूरीको समुद्री गस्ती विमान पठाउनेछ। चीनको आपत्तिलाई बेवास्ता गर्दै चारै ‘क्वाड’ देशहरूले इन्डो-प्यासिफिक क्षेत्रमा कुनै पनि प्रकारको ‘जबरदस्ती’ रोक्न आफ्नो मनसाय व्यक्त गरेका छन्। एकातिर चीनसँग बढ्दो तनाव, अर्कोतर्फ भारत र अष्ट्रेलियाबीचको बढ्दो साझेदारीलाई निकै महत्वपूर्ण मानिएको छ ।

चीनले आफ्नो नौसेनालाई तीव्र गतिमा विस्तार गरिरहेको छ। पहिलेबाट नै ३५५ युद्धपोत र पनडुब्बीहरू सहित विश्वको सबैभन्दा ठूलो नौसेना चीनसँग छ। चीनको तर्फबाट प्राप्त चुनौतीका बीचमा आउँदा वर्षहरूमा कुनै पनि चुनौती सामना गर्न क्वाड देशहरूबीच सामुद्रिक साझेदारीको आवश्यकता रहेको अनुभव गरिएको छ। गत वर्ष पूर्वी चीन सागर नजिक योकोसुकामा मालाबार अभ्यास गरिएपछि अष्ट्रेलिया यस पटक अभ्यासको आयोजना गर्न इच्छुक थियो। भारतका परराष्ट्रमन्त्री एस. जयशंकरले गत १८ फरवरीको दिन प्रधानमन्त्री एन्थोनी अल्बानीजलगायत अष्ट्रेलियाका शीर्ष नेतृत्वलाई भेटेका थिए। सो क्रममा द्विपक्षीय रणनीतिक साझेदारी, आर्थिक अवसर, जनताबीचको सम्बन्ध, क्रिकेट र इन्डो–प्यासिफिक क्षेत्रलगायतका धेरै विषयमा छलफल भएको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले आगामी महिना भारतको भ्रमण गर्नुअघि डा. एस. जयशंकरसँगको भेट निकै राम्रो भयो भन्ने मन्तव्य पोखेका छन् । हामीले हाम्रो रणनीतिक साझेदारी, आर्थिक अवसरहरू र हाम्रा देशवासीहरूको सम्बन्धमाथि चर्चा गऱ्यौं जसले हाम्रो देशहरूलाई समृद्ध बनाउँदछ। जयशंकर गत वर्ष फेब्रुअरीपछि तेस्रो पटक अष्ट्रेलिया भ्रमणमा थिए। गत वर्ष उनी क्वाड परराष्ट्र मन्त्रीहरुको बैठकमा सहभागी हुन मेलबर्न गएका थिए । यस भ्रमणमा विदेशमन्त्री एस जयशंकरले विश्वको दिशा तय गर्न भारत र अष्ट्रेलिया जस्ता देशले मिलेर काम गर्नुपर्ने बताए ।

रायसिना सिड्नी बिजनेस ब्रेकफास्टमा आफ्नो मुख्य सम्बोधनमा परराष्ट्रमन्त्री जयशंकरले भने कि विश्वको वर्तमान परिस्थितिले भारत र अष्ट्रेलियालाई एकअर्काको लागि अझ काम गर्नका लागि बाध्य तुल्याएको छ।

भारत-अष्ट्रेलियाले ईसीटीएमाथि २ अप्रिल २०२२ मा हस्ताक्षर गरिएको थियो र गत वर्ष २९ डिसेम्बरमा लागू भएको थियो। आर्थिक थिंक ट्याङ्क जीटीआरआईका अनुसार यो सम्झौताले द्विपक्षीय व्यापारलाई मजबुत बनाउनेछ र दुवै देशको कारोबार आगामी पाँच वर्षमा ७० अर्ब डलर पुऱ्याउन सहयोगी साबित हुनेछ । भारत र अष्ट्रेलियाले पनि जुन २०२० मा MLSA मा हस्ताक्षर गरे, जसले एकअर्काको युद्धपोत र विमानका लागि इन्धन भर्ने सुविधा प्रदान गर्दछ। भारतको अमेरिका र जापानका साथै फ्रान्स, दक्षिण कोरिया र सिंगापुर जस्ता अन्य देशहरूसँग पनि पारस्परिक सैन्य रसद सम्झौताहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *