Wednesday, April 22सत्यम खबर
Shadow

५० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

नेपालगन्ज, २७ माघ – नेपालगन्ज उपमहानगरपालिका वाटरपार्क स्थिति लागू औषधको कारोबार (ब्राउन सुगर) गरिएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको छ ।
जिल्ल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएको टोलीमार्फत लागू औषध कारोबारी तिनै जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जनाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ वाटरपार्क स्थित लागू औषधको कारोवार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिमार्फत चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम जिल्ला पश्चिम सानोभेरी न.पा.१० बस्ने बर्ष २८ को तिलक डाँगी, सोही स्थान बस्ने वर्ष ३५ का बिनोदकुमार गौतम तथा वर्ष ३३ का सोनिराम केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चेकचा“ज गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तिमा लागू औषधब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *