Monday, April 13सत्यम खबर
Shadow

३ महिलासहित ४६ जनाले गरे रक्तदान

नेपालगन्ज, ८ माघ – चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेको दोस्रो पटक हवलदारपुरमा आयोजना गरिएको रक्रदान कार्यक्रममा ३ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् ।
कोहलपुर नगरपालिका वार्ड नंं.१४ हवलदापुरमा रहेको श्रीराम माध्यमिक बिद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह(सचिव बिनोद तमोली, सल्लाहकार मोतीलाल तमोली, महिला सदस्य अनिता तमोलीले माघ ८ गते आइतवार संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, गोमा रावतलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा शैलेन्द्रकुमार गुभाजु, प्रकाश तमोली, शंकर तमोली, रामस्वरुप तमोली, बिष्णुकुमार तमोली, बिक्रम थापा, उदयराज भाँट, प्रमोदकुमार यादव, बनवारीलाल तमोली, बिशाल तमोली, प्रमोदकुमार तमोली, लफताब लोनिया, अशोककुमार तमोली, रामगोपाल तमोली, नौसाद अली साई, किशोर श्रेष्ठ, राम प्रवेश गडरिया, लिलराम गोल्जाली मगर, जीतबहादुर चौधरी, राजकुमार तमोली, अनुज बर्नवाल, रमेश तमोली, दिपेश तमोली, बन्शीलाल तमोली, दुर्गाबहादुर ऐडी, दिपक नाग, तीरथराम तमोली, दुर्गाप्रसाद बास्तोला, बिनोदकुमार तमोली, समाजका कोषाध्यक्ष दिनेशप्रसाद तमोली, सुरज थापामगर, बिष्णु थारु, सुजाता घले, रामकिशोर तमोली, बीरबहादुर सुनार, कमलेशकुमार लखेर, पप्पु जायसवाल(तमोली), दिपक तमोली, बेदप्रकाश गुप्ता, डुडुवा गाउँपालिकाका सब इन्जिनियर जयराज बिष्ट, रामनारायण यादव, हुमबहादुर रानामगर, साजना गौतम, चन्द्रप्रकाश नाग, युवराज पौडेल, अनिल थापा लगायत ४६ जना महिला पुरुषले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा समाजका सदस्य बाउर तमोली, सल्लाहकार परशुराम नाग, मोतीलाल तमोली, महेन्द्र उच्च माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक पूरन चन्द तमोली, सदस्य श्रवणकुमार जायसवाल (तमोली), महिला सदस्य अनिता तमोली, शिरिषकुमार नाग, सदस्य कल्याण नाग, अस्थायी प्रहरी चौकी हलवदारपुरका प्रहरी सहायक निरीक्षक चिन्कु चौधरी लगायतको सहभागिता रहेको थियो ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटाको नेतृत्वमा सन्दिप आचार्य, गोमा रावत, बैकुण्ठ रेग्मी, बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो । कार्यक्रम समाजका सदस्य बाउर तमोलीको रक्तदान कार्यक्रम सफल बनाउन सक्रिय योगदान रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *