Saturday, November 23सत्यम खबर
Shadow

चीनभन्दा नेपाल-भारतका मुस्लिम बढी स्वतन्त्र : जसपा प्रवक्ता पठान

कपिलवस्तु, ४ पौष – चीनले मुस्लिम समुदायकाे स्वतन्त्रतामाथि बाराम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएकाे छ ।
जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसाेबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेकाे बताउनुभयाे । भारतमा लगभग बीस कराेड मुस्लिम धर्मावलम्बी छन त्यस्तै नेपालमा पनि कुल जनसंख्याकाे चार प्रतिशत छन । लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रतापुर्वक बसाेबास गरिरहेका छन । तिनका हकहितका लागि मुश्लिम आयाेग छ जुन सक्रियताका साथ काम गरिरहेकाे छ तर चीनमा बर्षाैंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमकाे हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकाेले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन ।

प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयाेग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *