
काठमाण्डौ, ९ मंसिर – विगत १५ बर्ष देखि मधेश र मधेशी जनताहरुलाई ठग्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीका जनताले नै शिकार बनाइदिएको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि राजनीतिक वृतमा एउटा अहंकारवाद र परिवारवादको अन्त्य भएको महसुस गरिरहेको छ ।
सधै परिवारवाद, अहंकारवाद अवसरवाद, सर्वसत्तावादमा चुलुम्म डुबेका उपेन्द्रलाई यसपाली सप्तरीको जनता जनार्दनले झापड हानेर प्रतिनिधि सभामा जानबाट बंचित गरको हो । उनी जहिले पनि मधेश र मधेशीहरु संग झुठा आश्वासन दिदै आफनो राजनीतिक पसल चलाउदै आएकोमा मधेशी जनताहरुले उनलाई ठूलो झापड हान्दै त्यहाँ सम्म पुग्ने अवसरहरुलाई बन्द गरिदिएका छन् ।
मधेशलाई ठग्ने शिकारी, शिकारी खुद यहाँ शिकार बन गया ।
मधेशको नाममा जहिले पनि वार्गेनिंग गर्दै अकुत सम्पत्ती आर्जन गर्नमा व्यस्त रहने यस्ता मधेशवादी नेताको कारण सिंगो मधेशी सहिदहरुको आत्माले पनि धिक्कारीरहेका छन् । मधेसमा विगत १५ बर्ष देखि मधेशी मसिहा बनेर उपेन्द्रले ठगिरहेका थिए । मधेस र मधेसी जनताको हक अधिकारका लागि भनेर आन्दोलनहरु गराए पनि त्यसको बलमा प्राप्त शक्तिलाई भने उपेन्द्रले सत्तामा जाने माध्यम र व्यक्तिगत, पारिवारिक तथा यादव जातिको मात्रै स्वार्थ पूर्तिमा प्रयोग गरेपछि मधेसी जनताले सप्तरी २ बाट बदला लिए ।
सीके राउतलाई मधेसको मसिहा अहिले चुनेका छन् । उपेन्द्रमात्रै होइन उनको दल जसपा समेत पतन तर्फ पुगेको छ । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व लिने मतपरिणामले देखाएको छ ।
उपेन्द्र पतन हुनुको कारण भनेको अहंकार, परिवारवाद, यादववाद र सत्ता मोह नै भएको विश्लेषकहरुले बताउँछन् । हुन पनि उपेन्द्रलाई मधेसी जनताले परिवर्तन र मधेसका एजेण्डा स्थापित गर्ने मसिहाका रुपमा अनुमोदन गरे पनि उनले त्यसलाई उपयोग मात्रै गरे । जुनसुकै दलको सरकार बने पनि उनी मन्त्री बन्न छुटेनन् ।
उनको दल सरकारमा सहभागी हुनबाट छुटेन । सरकारमा सहभागी हुँदा उपेन्द्रले मधेसका मुद्दा सम्बोधनका लागि सहकार्य गरिररहेको भने । तर सरकारमा गएपछि आफ्नै झोली भर्न व्यस्त भए । सबै एजेण्डा बिर्सिए । मधेसको जनमतलाई कुल्चिँदै उपेन्द्र काठमाडौंको फोहोरी सत्ता राजनीतिमा चुर्लुम्म डुबे । अहंकारी प्रवृत्ति उनमा देखियो । अवसरहरुमा यादवहरुलाई मात्रै प्राथमिकता दिए ।
आफ्नै छोरालाई विराटनगरको उपमेयरको उम्मेदवार बनाएर परिवारवादलाई अगाडि बढाउने असफल प्रयास गरे । अन्ततः १५ वर्षदेखिको यो सिलसिला अब अन्त्य भएको छ । उपेन्द्रको अहंकार ढलेको छ । त्यतिमात्रै होइन उपेन्द्रले नेतृत्व गरेको जसपा नै कमजोर बनेको छ । मधेसी जनताले आफ्नो मसिहा सीके राउतको जनमत पार्टीलाई बनाएका छन् । मधेसी जनतामाथि गरेको घातको फल उपेन्द्रले पाएका छन् । आफूमाथि गरेको घातको मधेसी जनताले बदला लिएका छन् । अब जनमत पार्टीका सीके राउतले मधेसी जनताको भावनालाई कसरी सम्बोधन गर्छन् हेर्न बाँकी छ ।
यति मात्रै नभई मधेशको विरुद्ध चिनियाँ शक्तिहरु संग पनि साँठगाठ गरेर मधेशमा उत्पात मचाउन खोज्ने कार्य गरिएको, चिनियाँ रकमी चलखेल गरेर भारत संगको मधुर सम्बन्धलाई विगार्नमा तल्लिन रहेको हुँदा मधेशी मतदाताहरुले ठूलो झापड हान्दै उपेन्द्रलाई मधेशको मसिहाबाट पदच्यूत गर्दै सिके राउतलाई स्थापित गरेको देखिन्छ ।
