Monday, May 4सत्यम खबर
Shadow

यहाँ लडाइँ गाई मार्ने, गाई खाने र गाई बचाउने बीचको छ : हिन्दुवादी नेता खनाल

नेपालगन्ज, २७ कार्तिक – बाँकेको क्षेत्र नम्बर २ बाट संघीय सांसदका प्रत्यासी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले यस क्षेत्रमा मात्र तिन जनाको लडाई रहेको बताएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन नजिक्दै गर्दा चुनावी सरगर्मी समेत बढेको छ । यतिबेला पार्टीगत र स्वतन्त्र उम्मेदवार समेत चुनावी अभियानलाई थप चरम बनाउ“दै जनताको दैलोमा पुगिरहेका छन् ।
यसै क्रममा नेता खनालले एक कार्यक्रम मार्फत पत्रकारलाई जानकारी गराउदै क्षेत्र नं. २ मा गाई मार्ने, गाई खाने र गाई बचाउने बीच मुख्य प्रतिस्पर्धा भईरहेको जिकिर गरेका छन । उनले भने, ‘हामीलाई धर्मबाट नकोहि झुकाउन सक्छ, नकसैले हटाउन सक्छ । मेरो समाजलाई अनुरोध छ, यहाँ तिनतर्फी लडाई छ, एउटा गाई मार्ने छ, अर्को गाई खाने छ र गाई बचाउने बीचको छ । हामी छौँ गाई बचाउने ।’
उनले थप भने, ‘यो अभियान गाई बचाउनका लागि हो, देश बचाउनका लागि हो, राष्ट्रको धर्म बचाउनका लागि हो । हाम्रो उम्मेदवारी एउटा अन्दोलन हो ।’
उनले आफुप्रतिको मिथ्या तथा भ्रमक सूचनालाई खण्डन गर्दै यस क्षेत्रका जनतालाई सम्बोधन क्रममा भने, ‘यो आन्दोलनलाई कोहि कसैले किन्न सक्दैन । हुन सक्छ केहिलाई किनेर लैजालन तर दिवाकर शर्मा खनाल र राजकुमार रौनियारलाई नकसैले किन्न सक्छ, नहामी बस्छौ, हामी जसरी लडेका छौ आफ्नो समाजको लागि त्यसै गरी लड्छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *