Sunday, April 26सत्यम खबर
Shadow

ताइवानलाई १।१ अर्ब डलरको हतियार बेच्ने बाइडेनको तयारी

काठमाण्डौ, २१ भाद्र – अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ताइवानलाई १।१ अर्ब अमेरिकी डलरको हतियार बिक्री अनुमोदन गर्न संसदलाई आग्रह गर्ने योजना बनाएको छ । यसअन्तर्गत लडाकु जेट र एन्टी शिप प्रणालीका लागि सयौं मिसाइलहरू समावेश रहने बताइएको छ ।
स्पुतनिक समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार हतियार बिक्रीमा ६० वटा एन्टी शिप हार्पुन मिसाइल, १०० साइडविन्डर एयर टु एयर मिसाइल र निगरानी रडारलगायत रहने बताइएको छ ।

यस महिनाको शुरुमा अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीले स्वशासित टापु ताइवानको भ्रमण गरेपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो युद्ध अभ्यास सञ्चालन गरेको थियो । यो यात्रा २५ वर्षमा टापु भ्रमण गर्ने उच्च श्रेणीका अमेरिकी अधिकारीहरू थिए ।

भ्रमण सकिएसँगै चीनले टापु नजिक धेरै दिनसम्म सैन्य अभ्यास गरेर जवाफ दिएको थियो । ताइवानले सन् २०२३ को लागि रक्षामा १७।३ अर्ब बजेट प्रस्ताव गरेको थियो । जुन यस वर्षको भन्दा १४।९ प्रतिशतले बढी हो । चीनले अमेरिकी हाउस स्पिकरको भ्रमणपछि स्वशासित टापु देश वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको केही दिनपछि ताइवानले यस्तो कदम चालेको हो।

ताइवानलाई सम्भावित अमेरिकी हतियार बिक्रीको रिपोर्टमा प्रतिक्रिया दिँदै वाशिंगटनमा चिनियाँ दूतावासले अमेरिकाले ताइवान टापुमा हतियार बेच्न तुरुन्तै बन्द गर्नुपर्ने बताएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *