
नेपालगन्ज, ६ भाद्र – बाँके २ ख काे लागि आज डा. विनोद कर्णले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।मंसिर ४ गते हुन गईरहेकाे निर्वाचनमा बाँकेको क्षेत्र न.२ (ख) बाट बाँके नेपालगन्जका चर्चित समाजसेवी तथा क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संस्थापक अध्यक्ष डा.विनोद कर्णले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
बाँके नेपालगन्ज उपमहानगरपालिकाको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कर्ण पेशाले चिकित्सक हुन् । उहाँ नेपालगन्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत छन् । 
उहाँले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको भन्दै मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने आफ्नो चाहना रहेको बताए । त्यस क्रममा उहाँ भावुक समेत भएका थिए ।
