Wednesday, April 22सत्यम खबर
Shadow

प्रधानमन्त्री देउवाले पठाए भारतको स्वतन्त्रता दिवस शुभकामना

काठमाण्डौ, २ भाद्र –प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतासँग शुभकामना व्यक्त गरेका छन् ।

सोमबार भारतले भव्यताका साथ स्वतन्त्रता दिवस मनाइरहेको छ भने, आगामी २५ वर्षमा भारतलाई विकसित देश बनाउने लक्ष्य मोदीले अघि सारेका छन् ।

यस अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘भारतको स्वतन्त्रता दिवसको शुभ अवसरमा नरेन्द्र मोदी र भारतीय जनतालाई हार्दिक शुभकामना । भारतको निरन्तर प्रगति र समृद्धिको लागि मेरो शुभकामना छ। आगामी दिनमा सहयोग र मित्रताको भावना झनै प्रगाढ हुनेछ ।’

यस्तै परराष्ट्रमन्त्री डा‍ नारायण खड्काले पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी एस जयशंकरलाई शुभकामना सन्देश पठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *