Monday, April 20सत्यम खबर
Shadow

भट्टराई र वामदेवलाई आफ्नो चुनाव चिन्ह दिने माओवादी निर्णय

काठमाण्डौ, ३१ सावन – नेकपा (माओवादी केन्द्र) ले संसदीय चुनावमा नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न सहमति दिएको छ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिन्हमा लड्न स्वीकृति दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

‘बाबुराम भट्टराई र वामदेव गौतमलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको छ। उहाँहरूका शर्तका विषयमा थप छलफल गरिने छ,’ उनले भने।

उनीहरूलाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा समेत छलफल हुने महराले बताए।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया-१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए।

एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए।

भट्टराईले भने २०७४ मा कांग्रेससँग गठबन्धन गरेर गोरखा-२ बाट प्रतिनिधि सभा सदस्य जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *